News Category 2071/12/06
सशस्त्रद्वारा ७ सय किलो रक्तचन्दन बरामद
दैनिक संवाददाता
राजविराज, ५ चैत ।
भारतबाट सप्तरीहुँदै मिनि ट्रकमा काठमाडौंतर्फ लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरी सप्तरीले ७ सय किलो रक्तचन्दनसहित दुईजना पक्राउ गरेको छ । सप्तरीमा रक्तचन्दन बरामद भएको यो पहिलो घटना हो ।
पूर्वपश्चिम राजमार्ग अन्तरगत सप्तरीको कल्याणपुर २ बाट उक्त मात्राको रक्तचन्दन प्रहरीले बरामद गरेको हो ।
बिशेष सूचनाको आधारमा सीमा सुरक्षा कार्यालय सशस्त्र प्रहरीका प्रहरी नायब उपरिक्षक निरकृष्ण अधिकारीको नेतृत्वमा असई सरोज यादव, नुनु कुमार मण्डल, प्रभाष कुमार यादव, अरुण यादवसहितको टोलीले बुधबार राति एक मिनि ट्रक, एक भारतीय नम्बरको मोटरसाइकल, दुई जनासहित ७ सय किलो रक्तचन्दन बरामद गरेको जनाएको छ ।
बा. १ ख. ७७७४ नम्बरको मिनि ट्रकमा धानको बोरा पछाडी लुकाईछिपाई २७ बोरामा प्याकिङ गरि लैजादै गरेको अवस्थामा सशस्त्र प्रहरीले चेकजाच गर्दा रक्तचन्दन बरामद भएको सशस्त्र प्रहरी उपरिक्षक ह्दय नारायण मण्डलले जानकारी दिनुभो ।
यता रक्तचन्दनसँगै मोटरसाइकल चालक सप्तरीको फुलकाही गाविस ८ निवासी २५ वर्षिय किरण साह र ट्रक चालक देउरी ३ निवासी ४१ वर्षिय इन्द्रकुमार यादवलाई समेत पक्राउ गरेको छ ।
बरामद गरिएको रक्तचन्दनको मूल्य करिब ७० लाख रुँपैया रहेको प्रहरी उपरिक्षक मण्डलले बताउँनुहुँदै मिनि ट्रक, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई जिल्ला वन कार्यालय सप्तरीको जिम्मा लगाइएको जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ