News Category 2082/04/19
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
मधेश प्रदेश सरकारका मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष सुरेश कुमार यादबले पत्रकारिता पेशालाई मर्यादित र विश्वासिलो बनाउन पत्रकार आचारसंहिताको पूर्ण पालना गर्नु पर्नेमा जोड दिएका छन् ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरीको सभाहलमा सोमबार जिल्लाका संचारकर्मीहरुसँग सुझाव संकलन गर्ने क्रममा उनले सो कुरामा जोड दिएका हन् ।
उनले पत्रकारको क्षमता अभिवृद्धी गराउँदै पत्रकारिता पेशामा टिकाउनका लागि गुणस्तरीय बनाउन मिडिया काउन्सिलले भुमिका खेल्ने बताए । संचारकर्मीहरुको प्राप्त सुझावलाई आत्मासात गर्दै मिडियामैत्री बजेट अनुसार बार्षिक कार्यक्रम बनाएर अगाडि बढने प्रतिबद्धता व्यक्त गर्दै उनले पत्रकारिताको धर्मलाई निभाउँदै पत्रकारिता गर्नुपर्नेमा जोड दिए ।
उनले जेष्ठ पत्रकारहरूको सम्मानको लागी पत्रकार कल्याण कोष स्थापना गरी यसै बर्ष संचालनमा ल्याउने योजना रहेको सुनाए ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरी अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतमा सम्पन्न कार्यक्रममा काउन्सिलका सदस्य मनु पासवान, गायत्री मिश्रा, आमसञ्चार प्राधिकरणका सदस्य तथा शाखा सप्तरीका कोषाध्यक्ष नवीन कुमार गुप्ता, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य ललिता साह, महासंघका पूर्व अध्यक्ष बैजनाथ झा, धिरेन्द्र प्रसाद साह, बरिष्ठ पत्रकार गणेश लाल देव, महासंघका उपाध्यक्ष सुधा देव, संचारकर्मी चन्दन कुमार यादव, नर्मदेव यादब, अरूण तिवारी, दिनानाथ यादब, बिन्दु यादब लगायतले आफनो सुझाव राखेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ