News Category 2082/04/19
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमा टोलमा गत जेठ २३ गते भएको डकैती र घरधनी ६५ वर्षिय कन्तलाल चौधरीको हत्यामा संलग्न रहेको आरोपिसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा डाका गर्ने, खुकुरी र गोली हानेर हत्या गर्ने अनि लुटिएका गरगहना खरीद गर्ने र गलाएर नयाँ स्वरुप दिने ज्वेलरी पसलका संचालक समेत छन् ।
सोमबार मधेश प्रदेशका प्रहरी नायब महानिरिक्षक उमाप्रसाद चतुर्वेदीको विशेष उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुको बारे तथा घटना विवरण सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक गौतम कुमार केसीका अनुसार डाका र हत्या घटनामा सोही वडाका २७ वर्षिय राजेश कुमार मरिक, २८ वर्षिय संजय मरिक, बोदेबरसाइन नगरपालिका २ का २४ वर्षिय दिपेन मरिक, खडक नगरपालिका ११ का ३४ वर्षिय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका ८ का २४ वर्षिय दिपक मरिक र उदयपुरको बेलका नगरपालिका १ चन्दन मरिक पक्राउ परेका छन् ।
उक्त अभियोगमा पक्राउ परेकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ७ का ३३ वर्षिय राजु विश्वकर्मा, सिरहाको लहान नगरपालिका ६ को ५२ वर्षिय महेन्द्र गोडसे र लहान नगरपालिका ८ का ३८ वर्षिय उमेश साह सोनार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट बरामद भएको नगद, सरसामान र हत्यामा प्रयोग गरिएको हतियारसमेत सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट चौधरीको हत्याका क्रममा प्रयोग गरिएको एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान खुकुरी, एक थान कटर, चाँदीका एक÷एक थान बलिया र माठा, सिक्री दुई थान, सुनको तिलहरी एक थान, मोवाइल दुई थान, गरगहना गलाउने मेशिन तथा नगद ७५ हजार रुँपैया पनि बरामद भएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा उनले पक्राउ परेकाहरुले कसुर स्वीकारेको समेत जानकारी दिए । डाकाहरुको समूहले मध्यराती डकैतीको क्रममा प्रतिकारको प्रयास गर्दा चौधरीमाथी खुकुरी, घरेलु, अन्य हतियार तथा अन्त्यमा गोली हानेर हत्या गरेका थिए ।
पक्राउ परेकाहरुले चौधरीले आफूहरुलाई पहिचान गरिसकेपछी पोल खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीको भनाई छ । प्रहरीले आरोपी मध्येका एक जना दिपेन मरिकलाई पक्रन खोज्दा भाग्ने प्रयास गर्दा एक राउण्ड हवाई फायर गरि अघिल्लो दिन राती तथा अन्यलाई घर र पसलबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरिक्षक बस्नेतको संयोजकत्वमा गठित टोलीका साथै मधेश प्रदेश प्रहरी कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत प्रहरीको उच्चस्तरिय टोली परिचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ