News Category 2082/04/19
कन्तलालको हत्यामा संलग्नसहित ९ जना आरोपित पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ साउन ।
सप्तरीको सुरुङ्गा नगरपालिका ८ मलहनमा टोलमा गत जेठ २३ गते भएको डकैती र घरधनी ६५ वर्षिय कन्तलाल चौधरीको हत्यामा संलग्न रहेको आरोपिसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा डाका गर्ने, खुकुरी र गोली हानेर हत्या गर्ने अनि लुटिएका गरगहना खरीद गर्ने र गलाएर नयाँ स्वरुप दिने ज्वेलरी पसलका संचालक समेत छन् ।
सोमबार मधेश प्रदेशका प्रहरी नायब महानिरिक्षक उमाप्रसाद चतुर्वेदीको विशेष उपस्थितिमा जिल्ला प्रहरी कार्यालय सप्तरीले पत्रकार सम्मेलन गर्दै पक्राउ परेकाहरुको बारे तथा घटना विवरण सार्वजनिक गरेको हो ।
प्रहरी उपरिक्षक गौतम कुमार केसीका अनुसार डाका र हत्या घटनामा सोही वडाका २७ वर्षिय राजेश कुमार मरिक, २८ वर्षिय संजय मरिक, बोदेबरसाइन नगरपालिका २ का २४ वर्षिय दिपेन मरिक, खडक नगरपालिका ११ का ३४ वर्षिय हरिकिसुन मरिक, शम्भुनाथ नगरपालिका ८ का २४ वर्षिय दिपक मरिक र उदयपुरको बेलका नगरपालिका १ चन्दन मरिक पक्राउ परेका छन् ।
उक्त अभियोगमा पक्राउ परेकाहरुमा सप्तरीको सुरुङ्गा नगरपालिका ७ का ३३ वर्षिय राजु विश्वकर्मा, सिरहाको लहान नगरपालिका ६ को ५२ वर्षिय महेन्द्र गोडसे र लहान नगरपालिका ८ का ३८ वर्षिय उमेश साह सोनार रहेका छन् । प्रहरीले उनीहरुको साथबाट बरामद भएको नगद, सरसामान र हत्यामा प्रयोग गरिएको हतियारसमेत सार्वजनिक गरेको छ ।
पक्राउ परेकाहरुको साथबाट चौधरीको हत्याका क्रममा प्रयोग गरिएको एक थान कटुवा पेस्तोल, त्यसमा प्रयोग हुने दुई राउण्ड गोली, एक थान खुकुरी, एक थान कटर, चाँदीका एक÷एक थान बलिया र माठा, सिक्री दुई थान, सुनको तिलहरी एक थान, मोवाइल दुई थान, गरगहना गलाउने मेशिन तथा नगद ७५ हजार रुँपैया पनि बरामद भएको प्रहरीले जनाएको छ ।
पत्रकार सम्मेलनमा उनले पक्राउ परेकाहरुले कसुर स्वीकारेको समेत जानकारी दिए । डाकाहरुको समूहले मध्यराती डकैतीको क्रममा प्रतिकारको प्रयास गर्दा चौधरीमाथी खुकुरी, घरेलु, अन्य हतियार तथा अन्त्यमा गोली हानेर हत्या गरेका थिए ।
पक्राउ परेकाहरुले चौधरीले आफूहरुलाई पहिचान गरिसकेपछी पोल खुल्ने डरले हत्या गरेको बयान दिएको प्रहरीको भनाई छ । प्रहरीले आरोपी मध्येका एक जना दिपेन मरिकलाई पक्रन खोज्दा भाग्ने प्रयास गर्दा एक राउण्ड हवाई फायर गरि अघिल्लो दिन राती तथा अन्यलाई घर र पसलबाट पक्राउ गरिएको जानकारी दिएको छ ।
घटना अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी नायब उपरिक्षक बस्नेतको संयोजकत्वमा गठित टोलीका साथै मधेश प्रदेश प्रहरी कार्यालय, केन्द्रिय अनुसन्धान ब्यूरो (सिआइबी) लगायत प्रहरीको उच्चस्तरिय टोली परिचालन भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ