News Category 2082/04/20
राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
दैनिक समाचारदाता
राजविराज, २० साउन ।
राष्ट्रिय मुक्ति पार्टी नेपालले मंगलबार केन्द्रीय कार्यसमितिका पदाधिकारीहरूको टुङ्गो लगाएको छ ।
सो पार्टीको महासचिवमा सप्तरीका केशव कुमार झा र सहमहासचिवमा सप्तरीकै गजेन्द्र कुमार मण्डल चयन भएका छन् ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोद्वारा जारि विज्ञप्तिमा पदाधिकारीसहित विभिन्न केन्द्रीय निकायका प्रमुखहरू समेतको जिम्मेवारी तोकेको उल्लेख छ ।
पार्टीको अध्यक्षमा राजेन्द्र महतो छन् भने तीन जना वरिष्ठ उपाध्यक्ष उपाध्यक्षहरूमा कमला कुमारी गुरुङ (पर्वत), रामनरेश राय यादव (सर्लाही) र सुमन सायमी (काठमाडौँ) रहेका छन् । त्यस्तै उपाध्यक्षहरुमा कौशल कुमार सिंह (सिरहा), डा. राजिव कुमार झा (धनुषा), राजेन्द्र प्रसाद पाठक (धादिङ) र ओमप्रकाश यादव (गुलजारी) (रुपन्देही) छन् ।
त्यस्तै, पार्टीमा ५ जना महासचिवमा केशव कुमार झासहित मिङमार तामाङ (सिन्धुपाल्चोक), रमेश योङहाङ (पाँचथर), सन्तोष कुमार मेहता (सुनसरी) र अनिल कुमार महासेठ (सिराहा) छन् ।
कोषाध्यक्षको जिम्मेवारी काठमाडौँका नरेन्द्र बज्राचार्यले पाएका छन् भने काठमाडौँका रबिन्द्र कुमार श्रेष्ठ र महोत्तरीका रमण कुमार पाण्डेयलाई प्रवक्ता तोकिएको छ ।
यसैगरि सहमहासचिवमा गजेन्द्र कुमार मण्डलसहित कौशलेन्द्र शर्मा (काठमाडौं), चन्द्र प्रकाश राजवंशी (मोरङ), जयलाल साह (रौतहट), मो. निजामुद्दिन समानी (पर्सा), रविदत्त मिश्रा (कपिलबस्तु) र राजेश पुनः मगर (जुनतारा) (पश्चिम रुकुम) रहेका छन् ।
त्यसैगरि पार्टीको सचिवमा प्रेम थुलुंग राई, फोनिराम थारु, बलराम ऋषिदेव मुसहर, सोनम लिम्बु, संजय कुमार चौधरी, शेरबहादुर शाह र मो. हुसेन खान छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ