News Category 2082/04/20
जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार

दैनिक समाचारदाता
राजविराज, २० साउन ।
जनता समाजवादी पार्टी नेपाल सप्तरीको अध्यक्ष पदमा पुनः केदार प्रसाद यादव निर्वाचित भएका छन् ।
दुई पटक निर्वाचनको मिति सारेर तेश्रो पटक सोमबारका दिन सम्पन्न निर्वाचनबाट मंगलबार बिहान परिणाम घोषणा गरिएको हो ।
जसअनुसार केदार यादवको प्यानलको उपाध्यक्षतर्फ लक्ष्मण यादव, उपसचिवतर्फ रिता कुमारी चौधरी र रामेश्वर कडोरीया यादव र कोषाध्यक्ष अमरेन्द्र कुमार यादव निर्वाचित भएका छन् ।
अध्यक्ष पदका अर्का उम्मेदवार उमेश प्रसाद यादव प्यानलबाट उपाध्यक्षमा हरेराम यादव र सचिवमा निरज कुमार झा निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा केदार प्रसाद यादवले २ सय ३५ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी उमेश प्रसाद यादवलाई २ सय ५ मत ल्याउन सके । यसैगरी उपाध्यक्षमा लक्ष्मण यादब २ सय ३५ मत र हरेराम यादब २ सय २६ मत प्राप्त गरि निर्वाचित भएका छन् ।
यस्तै सचिवमा निरज कुमार झाले २ सय ३१ मत ल्याउदा उनका निकटतम प्रतिद्वन्द्वी शम्भु कुमार यादवले २ सय ३० मत प्राप्त गरि एक मतको झिनो अन्तरले पराजित भए ।
यसैगरी उपसचिव रिता कुमारी चौधरीले २ सय ३४ र रामेश्वर कौगडिया यादबले २ सय ३५ मत प्राप्त गरि बिजयी भएका छन् । कोषाध्यक्ष अमरेन्द्र कुमार यादबले २ सय ३५ मत प्राप्त गरी बिजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी अभिनय याादबले २ सय १० मत प्राप्त गरे ।
५० सदस्य पदका लागि भएको निर्वाचनको मतगणना भने जारि नै रहेको बुधबार बिहानसम्म मात्र नतिजा आउने निर्वाचन समितिका संयोजक कृष्णलाल यादवले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ