News Category 2071/12/06
एक सय चार परीक्षार्थी तथा ४ जना निरिक्षक निष्काशित
दैनिक संवाददाता
राजविराज, ५ चैत ।
एसएलसी परीक्षाको पहिलो दिन अंग्रेजी विषयमा बिहीबार परीक्षामा अमर्यादित क्रियाकलाप गरेको पाइएका सप्तरीका १ सय ४ जना विद्यार्थी तथा चार जना निरिक्षकहरु निष्काशित भएका छन् ।
सप्तरीको ३३ वटा परीक्षा केन्द्र मध्ये राजदेवी परीक्षा केन्द्रबाट निरीक्षकद्वय प्रविण कुमार साह र बिन्देश्वर यादव र मोडेल परीक्षा केन्द्रबाट निरीक्षकद्वय मनोज कुमार यादव र अशिष कुमार कर्ण निष्काशित भएका हुन् ।
सप्तरीबाट १४ हजार २ सय ६१ परीक्षार्थी मध्ये ३ सय २९ जना अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो ।
सप्तरीबाट नियमित तर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि रहेको परीक्षा शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो ।
साथै जिल्लाको अन्य परीक्षा केन्द्रमा शान्तिपुर्ण तरीकाबाट परीक्षा संचालन भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ