News Category 2082/04/23
मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको बताएका छन् ।
सप्तरीको दक्षिणी विकट क्षेत्र बोदेबर्साइन नगरपालिका र बलान बिहुल गाउँपालिकालाई जोड्ने बैरयाही–कोदरकट्टी पुलको शुक्रबार उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।
“विकासको सूचकमा मधेश अझै पछि परिरहेको छ” उनले भने “संघीय सरकारबाट बजेटमा हुने कन्जुस्याइँ र संविधानअनुसार कानुन निर्माणमा भइरहेको ढिलाइका कारण प्रदेश सरकारले चुनौती व्यहोर्नु परेको छ ।”
संघीयता अघिसम्म मधेशका दुर्गम बस्तीतर्फको सडक अवस्था अत्यन्तै कमजोर रहेको स्मरण गर्दै मुख्यमन्त्री सिंहले संघीयता लागू भएको सात वर्षमा मधेशमा उल्लेख्य विकास निर्माण भएको दाबी गरे ।
सो अवसरमा मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्री सरोज यादवले पनि पछाडि परेको मधेशमा सडकसहितका पूर्वाधार विकासका लागि प्रदेश सरकार कटिबद्ध रहेको बताए ।
पुर्वाधार विकास कार्यालय सप्तरीको आयोजना र करिब ११ करोड रुपैयाँ लागतमा बिहुल नदीमा बनेको उक्त पुल सञ्चालनमा आएपछि सर्वसाधारणदेखि सबै प्रकारका सवारीसाधनको आवागमन सहज हुने भएको छ । यद्यपि, पुल बने पनि सडक कालोपत्रे नहुँदा असुविधा भइरहेको स्थानीयवासीहरूले मुख्यमन्त्री सिंहलाई अवगत गराएका थिए ।
यस्तै मुख्यमन्त्री सिंहसहितको टोलीले प्रदेश सरकारकै बजेटमा सम्पन्न शक्तिपीठ छिन्नमस्ता मन्दिर क्षेत्रको सौन्दर्यकरण कार्यको स्थलगत अवलोकन पनि गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ