News Category 2082/04/23
ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
दैनिक समाचारदाता
राजविराज, २३ साउन ।
सप्तरी प्रहरीले बेबारिसे अवस्थामा रहेको ठुलो परिमाणको लागुऔषध गाँजा शुक्रबार बिहान बरामद गरेको छ ।
जिल्लाको डाक्नेश्वरी नगरपालिका ५ पातोस्थित महादेबा टोलको चन्द्र नहरको डिलमा प्लाष्टिकले बेरिएको १७ वटा पोकाहरुमा बेबारिसे अवस्थामा गाजा बरामद परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
भारततर्फ तस्करी गर्ने तयारीमा राखिएको ३ सय ९६ किलो ९ सय ग्राम गाजा नेपाल र सशस्त्र प्रहरीको संयुक्त टोलीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।
प्रहरी नायब उपरिक्षक बस्नेतका अनुसार ६ पोका सोही स्थानमा तथा ११ पोका तीन सय मिटर पश्चिम खेतमा राखिएको अवस्थामा फेला परेको हो ।
इलाका प्रहरी कार्यालय पातोका अनुसार बरामद गरिएको १७ वटा बण्डलमा रहेको ३ सय ९६ किलो गाँजा आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कल्याणपुरलाई जिम्मा दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ