News Category 2082/04/26
राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
दशकौंदेखी ब्लक, बिटोरी जग्गाको लालपूर्जा पाउनबाट बञ्चित राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।
यस अघि तीन चरणको आन्दोलन गरिसकेका संघर्ष समितिले माग पुरा नभएपछि चौथो चरणको आन्दोलन घोषणा गरेको हो ।
संघर्ष समितिका संयोजक इरसाद अन्सारीको नेतृत्वमा सोमबार प्रमुख जिल्ला अधिकार भोला दाहाललाई आन्दोलनको घोषणाका साथै ६ बुँदे माग अघि सार्दै ज्ञापनपत्र समेत बुझाइएको छ ।
बुझाइएको ज्ञापनपत्रमा भदौ ५ गते स्थानीय गजेन्द्र चोकमा पत्रकार सम्मेलन गर्ने, ७ गते लाठी जुलुससहित खबरदारी सभाको आयोजना गर्ने, ९ गते सिटी जुलस प्रदर्शन गरिने, ११ गते राजविराज नगरपालिकामा २ घण्टा धर्ना दिने, १४ गते मसाल जुलुस प्रदर्शन गर्ने, १५ गते राजविराज बजार बन्द गरी नगरपालिका कार्यालयमा ताला लगाउने कार्यक्रम रहेको छ ।
यस्तै १६ गते संघर्ष समिति तथा नगरबासीको वृहत बैठक बसी आन्दोलनको समीक्षा गर्दै पाँचौ चरणको आन्दोलन घोषणा गरिने संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए ।
यसैगरि सोही ज्ञापनपत्रमा राजविराज हटियामा निर्माणाधीन व्यवसायिक कम्पलेक्सको निर्माण कार्य अविलम्ब सकाएर व्यापारीलाई हस्तान्तरण, खाडो नदी तट्बन्ध क्षेत्रका जग्गाहरूको नापी, राजविराज–कंचनपुर सड़क खण्डको निर्माण कार्यमा देखिएका समस्या अविलम्ब समाधान, सीमा नाकामा विषादी परिक्षणका लागि क्वारेन्टाइनको व्यवस्था, लामखुट्टे नियन्त्रणका लागी नगर क्षेत्रमा अविलम्ब औषधी छर्कने व्यवस्था तथा सप्तरीको सिमानाका क्षेत्रमा वर्षौदेखि बन्द रहेका छोटी भंसार कार्यालयहरु अविलम्व संचालन गर्न माग अघि सारिएको छ ।
यसअघि ब्लक, बिटोरी जग्गाको आन्दोलनका क्रममा गत फागुन १८ गते नगरपालिका, स्थानीय प्रशासन, सुरक्षा निकाय, नापी कार्यालय, मालपोत कार्यालय लगायतका सरोकारवाला निकायका प्रमुखको उपस्थितिमिा भएको सहमति कार्यान्वयनमा ढिलाई भएको भन्दै पुनः आन्दोलनमा जाने निर्णय गरिएको संघर्ष समितिका संयोजक अन्सारीले जानकारी दिए ।
बि.स. २०१६ सालमा राजविराज नगरपालिका स्थापना भएको काल देखी नै नगरको मुख्य सडक मेनरोड तथा भित्री सडकको दायाँ बायाँका करिब ७० विगहा क्षेत्रफलमा वसोवास गर्दै आएका ५ हजार २ सय परिवार जग्गाधनी पुर्जा पाउनबाट बञ्चित रहेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ