News Category 2082/04/26
माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २६ साउन ।
राजविराजबाट बिराटनगरतर्फ जाँदै गरेको माइक्रो र काँकडभिट्टाबाट दिक्तेल तर्फ जादै गरेको यात्रु बाहक बस सुनसरीमा एक आपसमा ठोक्किदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीका एक दम्पत्तिसहित तीन जना छन् । अन्य दुई जना सुनसरी र मोरङका छन् ।
पूर्व पश्चिमलोकमार्ग अन्तर्गत सुनसरीको नरसिंह गाउँपालिका ३ भोक्राहास्थित जमुवा टोलमा सोमबार बिहान प्र.२९०१९००१ज.००४७ नम्वरको माइक्रो र मे.१ख. १७९९ नम्वरको यात्रु बाहक बस एक आपसमा ठोक्किएर पाँच जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता, डीएसपी योगराज खतिवडाका अनुसार घटनामा गम्भीर घाइते भएकाहरूको मृत्यु भएको हो भने दुर्घटनामा १५ जना घाइते भएका छन् ।
दुर्घटनामा परी मृत्यु हुनेमा सप्तरीको तिरहुत गाउँपालिका २ निवासी ६८ वर्षीय जिवछ महात्मान र उनकी ५२ वर्षीया पत्नी छन् । यस्तै सप्तरीकै महादेवा गाउँपालिका ६ बस्ने अन्दाजी ३५ वर्षीय शंकर मण्डल, सुनसरीको कोशी गाउँपालिका ६ बस्ने अन्दाजी ७० वर्षीय लक्ष्मण सदा र विराटनगर बस्ने अशोक यादव छन् ।
तिरहुत गाउँपालिका २ का श्रीमान–श्रीमती बिराटनगर उपचारका लागि जाँदै गर्दा सडक दुर्घटनामा परी ज्यान गुमाएका हुन् । उनीहरू बिहान ७ बजे भारदहबाट माइक्रो बस चढेर बिराटनगर उपचारका लागी जाँदै थिए ।
मृतक सबै माइक्रोमा सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएकाहरुलाई ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल बिराटनगर र जिल्ला अस्पताल इनरुवा उपचारका लागि पठाइएको छ ।
दुर्घटनामा सप्तरीको महादेवा गाउँपालिका ६ बस्ने रवीन्द्र प्रसाद मण्डल, तिरहुत गाउँपालिका ६ बस्ने रवीन्द्र मेहता, राजविराज नगरपालिका ६ बस्ने १० वर्षीय रुद्र राय, राजविराज १२ बस्ने ४४ वर्षीय प्रमोद रजक, सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिका ५ बस्ने २२ वर्षीय रवि राय, राजविराज २ बस्ने २४ वर्षीय भोला यादव, राजबिराज २ तेतरीगाछी बस्ने ३५ वर्षीय प्रदीप यादव, सप्तरीको डाक्नेश्वरी नगरपालिका ३ बस्ने ३० वर्षीया अमृता राय र राजविराज ४ बस्ने २१ वर्षीय सन्तोष बास्तोला घाइते भएका छन् । बास्तोला को विराट नर्सिङ होम विराटनगरमा उपचार भइरहेको छ । उनी माइक्रोका सहचालक रहेको खुलेको छ ।
यस्तै मोरङ सुन्दरहरैँचा नगरपालिका ९ बस्ने अम्बिका राई, खोटाङको रावाबेसी गाउँपालिका २ बस्ने निरुता परियार, सोही ठाउँकी ३८ वर्षीय निर्मल परियार, उदयपुरको चौदण्डिगढी नगरपालिका ५ बस्ने ५० वर्षीय रेनुका श्रेष्ठ, झापाको शिबसतासी नगरपालिका ५ बस्ने ३८ वर्षीय खगेन्द्र थापा घाइते भएका छन् ।
यसैगरी झापाको भद्रपुर नगरपालिका ९ बस्ने ५३ वर्षीय सन्तोष खत्री, उदयपुरको बेलका नगरपालिका १ बस्ने २० वर्षीय दीपक विश्वकर्मा, इलामको चुलाचुली ३ बस्ने ३६ वर्षीय सविन राई, खोटाङको हलेसी तुवाचुङ नगरपालिका १० बस्ने ८४ वर्षीय नेत्रलाल गिरी, उनका छोरा ३९ वर्षीय केदार गिरी, झापाको अर्जुनधारा नगरपालिका १ साजनटार बस्ने २० वर्षीय सत्य राई, विराटनगर महानगरपालिका १० बस्ने ४८ वर्षीया शोभा यादव, सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुर बस्ने ६० वर्षीय जोगिन्द्र दास घाइते भएका छन् । उनीहरूको गोल्डेन अस्पताल विराटनगरमा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ