News Category 2082/04/27
औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रुपनी गाउँपालिकास्थित गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रको मंगलबार अवलोकन तथा निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा उनले औद्योगिक क्षेत्रमा रहेको ढल निकास, खानेपानी लगायतका आधारभूत पूर्वाधारका समस्या समाधानका लागि प्रदेश सरकारले चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ विनियोजन गरिसकेको जानकारी समेत गराए ।
सुरक्षाका लागि आवश्यक सुरक्षाकर्मीको व्यवस्था गर्न पहल भइरहेको उल्लेख गर्दै मुख्यमन्त्री सिंहले गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्रमा ठूला उद्योग स्थापनाको सम्भावना रहेको बताए ।
मुख्यमन्त्री सिंहले मधेश प्रदेश सरकार औद्योगिक क्षेत्रको समग्र विकासका लागि प्रतिबद्ध रहेको र उद्योगपतिहरूलाई यस क्षेत्रमा लगानी गर्न निरन्तर आग्रह गरिरहेको स्पष्ट पारे ।
सो अवसरमा गजेन्द्र नारायण सिंह औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका कामु कार्यालय प्रमुख मनिष कुमार मिश्र र उद्योगी मिलन सिंहले मुख्यमन्त्री सिंहसमक्ष औद्योगिक क्षेत्रको वर्तमान अवस्था र विद्यमान समस्याबारे मुख्यमन्त्री सिंहलाई जानकारी गराए ।
वि.सं. २०४४ सालमा स्थापना भएको यो औद्योगिक क्षेत्रमा विभिन्न समस्याहरुका बाबजुद हाल १२ वटा उद्योग सञ्चालनमा रहेको छ भने थप १० वटा प्लट नयाँ उद्योग स्थापनाको प्रतिक्षामा रहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ