News Category 2082/04/27
मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह

दैनिक समाचारदाता
राजविराज, २७ साउन ।
मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति रहेको बताएका छन् ।
अन्तराष्ट्रिय युवा दिवस २०२५ को अवसरमा ‘दिगो विकास र सुनौलो भविष्यको सार, स्थानिय युवाको सहभागिता समृद्धिको आधार’ मूल नाराका साथ सप्तरी युथले मंगलबार राजविराजमा आयोजना गरेको पाँचौं युवा सम्मलेनलाई सम्बोधन गर्दे उनले यस्तो बताएका हुन् ।
मुख्यमन्त्री सिंहले विद्यालय व्यवस्थापन समितिका कारण शिक्षा क्षेत्र विग्रिएको बताउँदै आफ्ना नाता गोताका व्यक्तिलाई विद्यालयमा भर्ना गर्ने प्रवृत्तीले पनि शिक्षामा गुणस्तर घट्दै गएको औल्याए । उनले सरकारी र निजी विद्यालयले त्यसमा सुधार ल्याउन पहल गनुपर्ने आवश्यकता रहेको बताए ।
“अहिले युवाहरु लागुऔषध र कूलतमा लागेर आमाबुवाले देखेको सपना सखाप पार्ने काम गर्दे आएका छन । यदि आमाबुवाको सपना पुरा गर्न नसक्ने हो भने सखाप पार्ने काम पनि नगर्नुस्” उनले आग्रह गरे ।
मधेश सरकारले स्किल स्कूलको कन्सेप्ट ल्याउन लागेको जानकारी दिदै मुख्यमन्त्री सिंहले ९ र १० कक्षामा पढ्ने विद्यार्थीहरुलाई त्यसमा सहभागिता गराउने जानकारी पनि दिए ।
एक अर्को प्रसङ्गमा मुख्यमन्त्री सिंहले संघीयता र स्थानियततहको अवधारणा आएपछि देशमा विकास भएको दाबी गरे । संघीयता आएपछी हिलो जमेको गाउँमा सडक ढलान भएर विरामीलाई अस्पताल सम्म पु¥याउ सहज भएको उल्लेख गर्दै उनले गाउँमा दुई फिट सम्म हिलो हुन्थ्यो जसले गर्दा विरामीलाई अस्पताल पु¥याउन पनि समस्या थियो तर अहिले गाउँ–गाउँमा सडक ढलान भएको छ र संघीयता आएपछि मात्रै सम्भव भएको बताए ।
सप्तरी युथका अध्यक्ष श्रवण कुमार देवको अध्यक्षतामा आयोजित सम्मेलनमा जिल्ला समन्वय समिति सप्तरीका सभापति शिवनारायण साह, राजविराज नगरपालिकाका कार्यवाहक नगरप्रमुख इसरत परवीन, रुपनी गाउँपालिका अध्यक्ष दिनेश कुमार यादव, तिरहुत गाउँपालिका अध्यक्ष विजय कुमार यादव, नेकपा एमालेका पोलिटव्युरो सदस्य सुमनराज प्याकुरेल, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, उद्योग बाणिज्य संघ सप्तरीका महासचिव अमृत संचेती, नागरिक समाजका थानसिंह भन्साली, पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष रामनारायण विश्वास, युवा सत्येन्द्र यादव सहितका वक्ताहरुले सम्मेलनको सफलताको शुभकामना दिए ।
सोही कार्यक्रममा आ–आफ्नो क्षेत्रमा अतुलनीय योगदान पु¥याएका पत्रकार विदानन्द राम, प्रमुख जिल्ला अधिकारी भोला दाहाल, गायक सन्नु कुमार, महिला क्रिकेट खेलाडी साक्षी यादव र व्यापारी जयकुमार सोनीलाई मुख्यमन्त्री सिंहले सम्मान गरेका थिए ।
सम्मेलनमा जिल्लाको १८ वटै पालिकाका प्रत्येक पालिकाबाट ६÷६ गरी १०८ जना युवाहरुको सहभागीता रहेको र सम्मेलनबाट नयाँ कार्य समिति समेत चयन गरिने आयोजक संस्था सप्तरी युथले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/27 मधेशमा शिक्षाको अवस्था कमजोर हुनुको मुख्य कारण विद्यालय व्यवस्थापन समिति ः मुख्यमन्त्री सिंह
- 2082/04/27 जिप्रकाबाट कुनै पनि सञ्चारमाध्यम दर्ता प्रक्रियामा नजान आमसञ्चार प्राधिकरण र मिडिया काउन्सिलको आग्रह
- 2082/04/27 औद्योगिक क्षेत्रको विकासमा मधेश सरकार प्रतिबद्ध छ ः मुख्यमन्त्री सिंह
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ