News Category 2082/04/28
निशुल्क आँखा शिविरमा २ सय ६२ जनाले लिए सेवा
दैनिक समाचारदाता
राजविराज, २८ साउन ।
आँखा उपचार केन्द्र राजविराजले आँखाका रोगीहरुका लागि निशुल्क आँखा जाँच शिविरको आयोजना गरेको छ ।
नेपाल नेत्र ज्योती संघ आँखा तथा कान उपचार प्रणाली, सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा राजविराज ९ मलेठस्थित रहेको आँखा उपचार केन्द्रमा आयोजना गरिएको निशुल्क शिविरमा २ सय ६२ जना आँखाका रोगीले सेवा लिएका छन् ।
शिविरमा आँखाको जाँच, मोतिबिन्दुका अप्रेसन गर्नुपर्ने विरामीहरुको छनौट, ल्याव परीक्षण, सुपथ मुल्यमा औषधी र चश्मा लगायतका सेवा उपलब्ध गराइएको आँखा उपचार केन्द्र राजविराजका प्रमुख डा. रामकुमार झाले जानकारी दिए ।
उनले सिबिएम जर्मनीको वित्तिय सहयोगमा आयोजित निशुल्क शिविरमा २६२ जना आँखाका रोगीहरुको जाँच गरिएकोमा त्यसमध्ये १ सय ३ जना मोतिबिन्दुको रोगी र ७ जना आँखामा मासु पलाएको रोगी भेटिएको बताए ।
मोतिबिन्दुको रोगीहरुलाई आँखाको अप्रेसनका लागि आँखा अस्पताल लहान पठाइएको र उनीहरुको अप्रेसन पनि भईसकेको डा. झाले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ