News Category 2082/05/01
हात्ती धपाउन करेन्ट लगाइको तारमा टाँसिएर दम्पत्तिको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १ भदौं ।
सप्तरीको कञ्चनरुप नगरपालिका ५ पिपरामा हात्ति धपाउने उद्देश्यले करेन्ट लगाइएको तारमा टाँसिएर एक दम्पत्तिको ज्यान गएको छ ।
प्रहरीका अनुसार शनिबार राति स्थानीय ५० वर्षीय बद्रि सरदार र उनकी ४५ वर्षीया पत्नी विमला देवी सरदारको करेन्ट लागेर मृत्यु भएको हो ।
ती दम्पतीले आफ्नै खेतमा काम सकेर घर फर्कने क्रममा करेन्ट लागेको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
खेतमा धानबाली जोगाउन स्थानीय महेन्द्र सरदारले हात्ती धान नखाओस् भनेर तार तानी करेन्ट जोडेका थिए । सोही करेन्ट जडित तारमा बद्रि सरदार र विमला देवी दुबै जनाको टासिएर घटनास्थलमै ज्यान गएको छ ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी चौकी धरमपुरबाट प्रहरी टोली खटिएको थियो । साथै इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायब उपरीक्षक माधव प्रसाद काफ्लेको कमाण्डमा थप टोली र अपराध स्थल अनुसन्धान टोली समेत घटनास्थल पुगेको थियो ।
स्थानीयवासीहरूले घटनापछि आक्रोश र शोक व्यक्त गरेका छन् । गाउँमा करेन्ट तानेर खेतबाली जोगाउने चलन बढ्दो रहेकाले यसले मानवीय क्षति निम्त्याउने खतरा रहेको भन्दै चाँडै नियन्त्रण गर्नुपर्ने आवाज पनि उठेको छ ।
यसबीच, प्रहरी अनुसन्धान अघि बढाइरहेको र आवश्यक कानुनी कारबाही हुने जनाएको छ । घटनाबाट गाउँको वातावरण स्तब्ध बनेको छ भने मृतक दम्पतीका परिवार शोकमा डुबेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ