News Category 2082/05/03
प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी

दैनिक समाचारदाता
बर्दिवास, ३ भदौ ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर रहेको बताएका छन् ।
महोत्तरीको बर्दिवासमा मंगलबार मधेश सरकार गृह, संचार तथा कानुन मन्त्रालयद्वारा आयोजित “सूचनाको हक कार्यान्वयनको अवस्था सम्बन्धी” अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले सो कुरा बताएका हुन् ।
अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी दिनमा यसलाई अझ प्रभावकारी बनाउन आवश्यक कानुनी तथा नीतिगत सुधारका पक्षमा आफूहरू प्रतिबद्ध रहेको उल्लेख गरे ।
गृहमन्त्री लेखीले सूचनाको हकलाई प्रत्येक नागरिकको मौलिक अधिकारको रूपमा चिनाउँदै भने, ‘सूचनाको हकले नागरिकलाई सुसूचित, सचेत र जिम्मेवार बनाउने मात्र नभई लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउने आधार तयार गर्छ ।’
सूचनाको हकलाई लोकतन्त्रको मेरुदण्डको रूपमा व्याख्या गर्दै यसलाई प्रभावकारी रूपमा कार्यान्वयन नगरी पारदर्शिता, सुशासन र सभ्य समाज निर्माण सम्भव नहुने उनले स्पष्ट पारे ।
उनले आमनागरिकलाई सुसूचित नगरी शासन प्रणाली चुस्त र दुरुस्त नहुने भन्दै सूचनाको हकलाई व्यवहारमा लागू गर्न राज्यका सबै तह र निकाय जिम्मेवार बन्नुपर्नेमा जोड समेत दिए ।
पत्रकारिताको भूमिका बारे चर्चा गर्दै गृहमन्त्री लेखीले सञ्चारकर्मीलाई सत्य, तथ्य र जिम्मेवार पत्रकारिता गर्न आह्वान गर्दै उनले भने, ‘कपी–पेस्ट पत्रकारिताले पत्रकारिताको गरिमा घटाउँछ । सच्चा पत्रकारिताले मात्र लोकतन्त्रलाई मजबुत बनाउँछ ।’
उनका अनुसार पत्रकारिता सूचनाको हकको अभिन्न अङ्ग हो र यसले जनतालाई सुसूचित बनाउने कार्यमार्फत शासन प्रणालीलाई जवाफदेही बनाउने काम गर्छ ।
उनले विकास निर्माणका नाममा गाउँगाउँमा गठन हुने उपभोक्ता समितिहरूको प्रक्रियामा समेत पारदर्शिता आवश्यक रहेको उल्लेख गर्दै त्यसबारे जानकारी दिनु राज्यका निकायहरूको दायित्व भएको बताए ।
उनले राजनीतिक दल, राष्ट्रसेवक, सुरक्षाकर्मी, न्यायालय र निर्वाचित जनप्रतिनिधिहरू सबै मिलेर सूचनाको हकलाई व्यवहारमा उतार्नुपर्ने उल्लेख गर्दै जबसम्म यी अंगहरू इमान्दार र जिम्मेवार हुँदैनन् तबसम्म सूचनाको हक प्रभावकारी बन्न नसक्ने धारणा राखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/05/06 नगरपालिका र संर्घष समितीबीच दुई बुंदे सहमति पश्चात् आन्दोलन स्थगित
- 2082/05/06 वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
- 2082/05/06 गलत सूचना प्रकाशन, झुठा समाचार र ब्ल्याकमेल गर्ने जस्ता प्रवृत्तिलाई नियन्त्रण गर्न कानुनी प्रावधान आवश्यक छ ः मन्त्री लेखी
- 2082/05/05 लालपुर्जाका लागि संर्घषरत नगरवासी पीडित समितीद्वारा आन्दोलन सुरु
- 2082/05/04 वडाअध्यक्ष साहको निधन
- 2082/05/04 राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट भएको संघीय लोकतान्त्रिक मोर्चाको ठहर
- 2082/05/03 पाँच हप्तादेखी वेपत्ता सप्तरीका भगत गौरस्थित लजमा मृत फेला
- 2082/05/03 प्रदेश सरकार सूचनाको हक कार्यान्वयनमा गम्भीर छ ः संचारमन्त्री लेखी
- 2082/05/02 “गौर हत्याकाण्ड” सर्वोच्चको आदेश बिरुद्ध जसपा नेपाल सप्तरीद्वारा बिरोध प्रदर्शन
- 2082/05/02 राजविराज विमानस्थलबाट विदेशी मुद्रासहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ