News Category 2071/12/07
सप्तरीमा २ सय २३ विद्यार्थीको परीक्षा रद्द एक परीक्षार्थीले अर्को वर्ष मात्र परीक्षा दिन पाउने
दैनिक संवाददाता
राजविराज, ६ चैत ।
एसएलसीको दोश्रो दिन शुक्रबार अनिवार्य नेपाली विषयको परीक्षामा सप्तरीबाट २ सय २३ परीक्षार्थी निष्काशनमा परेका छन भने एक परीक्षार्थीको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको छ । त्यस्तै एक निरीक्षकसमेत निष्काशनमा परेका छन् ।
राजविराजस्थित केअ मावि परीक्षा केन्द्रमा ०१५४७५८ एफ सिम्बोल नम्बर भएकी मनिषा कुमारी चौधरीलाई सप्तरीका प्रमुख जिल्ला अधिकारी बिरेन्द्र कुमार यादवले आफैले चिट चोरेको देखेपछि उनको सम्पुर्ण विषयको परीक्षा रद्ध गरिएको छ ।
चौधरीले आफूले चिट नचोरेको भन्दै आप्mनो जिऊ तलासी गर्न भनेपछि महिला सुरक्षाकर्मीले ती विद्यार्थीलाई तलासी गर्दा चिट फेला परेपछि उनको सम्पूर्ण विषयको परीक्षा रद्द गरिएको हो ।
त्यस्तै परीक्षामा अमर्यादित क्रियाकलाप गर्ने केअमावि राजविराजका निरीक्षक बेचु नारायण दासलाई निष्काशित गरिएको छ । त्यस्तै जिल्लाको माबि बोरिया परीक्षा केन्द्रबाट ६ जना नियमित तथा १५ जना एक्जामटेड गरी २१ जना परीक्षार्थीलाई निष्काशितमा परेका हुन् ।
यसैगरी पवि उच्च माविबाट २४ जना, केअमावि राजविराजबाट ३२ जना गरी जिल्लाको विभिन्न परीक्षा केन्दबाट २ सय २३ जना परीक्षार्थी निष्काशित भएको जिल्ला शिक्षा अधिकारी लक्ष्मी प्रसाद भट्राईले जानकारी दिनुभयो ।
यसैबिच परीक्षालाई मर्यादित बनाउँन दोश्रो दिनको परीक्षामा पूर्वाञ्चल क्षेत्रिय निर्देशक सुरेश प्रकाश अर्यालको नेतृत्वमा टोली समेत खटिएको थियो ।
यसअघि परीक्षामा अमार्यादित क्रियाकलाप गरेको भन्दै सप्तरीमा परीक्षाको पहिलो दिन चार निरिक्षक तथा १ सय ४ परीक्षार्थी निष्काशनमा परेका थिए ।
यस्तै सप्तरीबाट १४ हजार २ सय ६१ परीक्षार्थी मध्ये ३ सय ३९ जना अनुपस्थित रहेको जिल्ला शिक्षा कार्यालय सप्तरीका परीक्षा शाखा प्रमुख बिरेन्द्रकुमार चौधरीले जानकारी दिनुभयो । सप्तरीबाट नियमित तर्फ ८ हजार ७ सय १ र एक्जामटेड तर्फ ५ हजार ५ सय ६० जना परीक्षार्थीहरु सहभागि रहेको परीक्षा शाखा प्रमुख चौधरीले जानकारी दिनुभयो । साथै जिल्लाको अन्य परीक्षा केन्द्रमा शान्तिपुर्ण तरीकाबाट परीक्षा संचालन भएको उहाँले जानकारी दिनुभयो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 आन्दोलनको भावना अनुसार काम हुन सकेको छैन ः जसपा नेता यादव
- 2082/10/19 पूर्वमन्त्री एवं बामपन्थी नेता देवले छाडे एमाले
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ