News Category 2082/05/04

वडाअध्यक्ष साहको निधन

दैनिक समाचारदाता

वडाअध्यक्ष साहको निधन

दैनिक समाचारदाता
राजविराज, ४ भदौ । 

    राजगढ गाउँपालिकाका वडा नं. ५ का वडा अध्यक्ष देवेन्द्र साहको बुधबार बिहान निधन भएको छ । 
    क्यान्सर रोगले पीडित साहको उपचारका क्रममा भरतपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको गाउँपालिका अध्यक्ष ओमप्रकाश मण्डलले जानकारी दिएका छन् । 
    उनी २०७९ सालमा सम्पन्न स्थानीय निर्वाचनमा जसपाबाट उम्मेदवार भई वडाअध्यक्षमा निर्वाचित भएका थिए ।   
    उनको निधनमा गाउँपालिकाले बुधबार शोक विदा दिइएको छ । निमित्त प्रशासकीय अधिकृत विपिन आचार्यद्वारा बुधबार जारि विज्ञप्तिमा गाउँपालिकाको कार्यालय र मातहत रहेका निकायहरुबाट अति आवश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द रहने जनाइएको छ । 
    “समाजसेवी, इमानदार, निष्पक्ष र जनउत्तरदायी व्यक्तित्वका धनी स्व. वडा अध्यक्षले वडावासी र गाउँपालिकाको विकास, सुशासन र सेवाप्रति जुन समर्पण देखाउनुभएको थियो, त्यसलाई हामी सधैं स्मरण गर्नेछौं । उहाँको असामयिक निधनले गाउँपालिका तथा सम्पूर्ण समुदायलाई अपूरणीय क्षति भएको छ ।” विज्ञप्तिमा उल्लेख छ । 
    सोही विज्ञप्तिमा उनको निधनप्रति गाउँपालिका गहिरो दुःख व्यक्त गर्दै आत्माको चीरशान्तिको कामनाका साथै उनी प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरिएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट