News Category 2082/05/06
वर्तमान राजनीतिक अवस्था आर्थिक दिवालियापनको स्थितिमा पुगेको राष्ट्रिय मुक्ति पार्टीको ठहर
दैनिक समाचारदाता
राजविराज, ६ भदौ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपालको वर्तमान राजनीतिक अवस्था गहिरो संकट, सांस्कृतिक विघटन र आर्थिक दिवालियापनको स्थितिमा पुगेको ठहर गरेको छ ।
पार्टीका अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा सात दिन सम्म चलेको उक्त बैठकपछि शुक्रबार जारि विज्ञप्तिमा २०७२ को संविधानले गोर्खाली औपनिवेशिक मानसिकतालाई कानूनी रूप दिएर मधेशी–थारु, आदिवासी, मुस्लिम, दलित लगायतलाई राज्यबाट बहिष्कृत गरेको जनाइएको छ ।
विज्ञप्तिमा हालको प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको एमाले–कांग्रेस गठबन्धन सरकारले सत्ता केन्द्रीकरण, भ्रष्टाचार र निरंकुशता लाई बढावा दिँदै मुकुम्लुङ (ताप्लेजुङ)मा दमन, लालु यादव (सप्तरी) जस्ता उपर गोली प्रहार गरी राज्य आतंक समेत सृजना गरेको उल्लेख छ ।
पार्टीले सबै उत्पीडित समुदायहरू (मधेशी, थारू, लिम्बु, खम्बु, तामाङ, मगर, तमु, खस, नेवाः, दलित, मुस्लिम, पिछडावर्ग लगायत आदिवासी) लाई एकताबद्ध गरी बहुल–राष्ट्रिय राज्य निर्माणको एजेन्डा अगाडि बढाएको विज्ञप्तिमा जनाइएको छ ।
सोही विज्ञप्तिमा पार्टीले २०८२ मा राष्ट्रव्यापी जनआन्दोलन सुरु गर्ने, सहकारी अर्थतन्त्र बढावा दिने र अन्तर्राष्ट्रिय समुदाय (संयुक्त राष्ट्रसंघ, अधिकारवादी संगठनहरू) संग समन्वय गर्ने योजना बनाएको उल्लेख छ ।
हालै देशको विभिन्न भुभागमा आएको बाढी पहिरोको कारण भएको क्षतिको तत्काल राहत उपलब्ध गराउन तथा दीर्घकालीन समस्याको समाधान खोज्न, तराई मधेशको विभिन्न क्षेत्रमा भएको सुखाग्रस्त अवस्थाको अन्त्य गर्न मरुभूमिकरण हुनबाट बचाउन तथा खानेपानी अभावको समाधान, किसानलाई मल खादको सहज उपलब्धता, मुक्कुमलुंगमा केवलकार निर्माणकार्य पूर्णतया रोक्न, धार्केको सडक विस्तार सम्बन्धि समस्याको समाधान र सप्तरीको राजविराजमा लामो समयदेखि जारी बिटौरी सम्बन्धि जग्गाको समस्या तत्काल समाधान गर्न बैठकले सरकारसंग माग समेत गरेको छ ।
काठमाडौंमा रहेका मधेशीहरुको सम्मान स्वाभिमान संरक्षणको निम्ति उनीहरुलाई संगठित गर्न “स्वनिगः मधेश समन्वय समिति” गठन गर्ने निर्णय गरेको तथा बिभिन्न जिल्लाको छुट्टाछुट्टै समन्वय मंचहरु गठन गर्ने गरी कौशल कुमार सिंह (प्रभारी), कौशलेन्द्र शर्मा (सहप्रभारी), राम प्रवेश साह (सदस्य) लाई जिम्मेवारी तोकिएको विज्ञप्तिमा उल्लेख छ ।
सोही बैठकले पार्टीले भादौ ८ गतेदेखि असोज २२ गतेसम्म स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशन सिद्धान्त बमोजिम संगठन विस्तार अभियान संचालन गर्ने र पार्टीको विचार सिद्धान्तलाई जन समक्ष पु¥याउने कार्यको निमित्त पहिलो चरणमा निम्न ४० जिल्लाहरुमा प्रभारी÷सह–प्रभारी खटाउने निर्णय पनि गरेको छ ।
जसअनुसार सप्तरीमा केशव झा (प्रभारी), गजेन्द्र कुमार मण्डल (सहप्रभारी), मोरङमा चन्द्र प्रसाद राजवंशी (प्रभारी), सुनसरीमा संतोष मेहता (प्रभारी), प्रोफेसर कुन्जीलाल यादव (सहप्रभारी), सिरहामा अनिल कुमार सिंह (प्रभारी), धनुषामा डा. राजिव झा (प्रभारी), संजय चौधरी (सहप्रभारी), महोत्तरीमा रमण पाण्डेय (प्रभारी), सर्लाहीमा राम नरेश राय (प्रभारी), मो. हुसेन खान (सहप्रभारी), गौरीनारायण साह (सहप्रभारी), रौतहटमा जयलाल साह (प्रभारी), मो. शेख मंजिर (सहप्रभारी), बारामा अनिल महासेठ (प्रभारी) र पर्सामा नेजामुद्दिन समानी (प्रभारी) तोकिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ