News Category 2082/05/08
महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पाको निधन
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
नेपाली काँग्रेसको भातृ संगठन महिला संघ सप्तरीकी पहिलो अध्यक्ष पुष्पादेवी श्रेष्ठको निधन भएको छ ।
राजविराज ५ निवासी ८१ वर्षिया श्रेष्ठको आईतवार विहान आफ्नै निवासमा निधन भएको हो । उनी केही समयदेखी अस्वस्थ रहदै आएकी थिइन ।
बि.स. २०३६ सालमा सम्पन्न जनमत संग्रहमा बहुदलीय व्यवस्थाको पक्षमा सकृय भई लागेकी उनी प्रजातन्त्र पुर्नस्थापना पश्चात् गठित नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघ सप्तरीकी प्रथम अध्यक्ष समेत भएकी थिइन ।
उनलाई अन्तिम विदाई र श्रद्धाञ्जली ब्यक्त गर्न स्थानीय नेता÷कार्यकर्ता र शुभेच्छुकको निवास स्थलमा भीड लागेको थियो । उनको निवासमा काँग्रेसका महासमिती सदस्य शुशिल सेवा, प्रदेश २ ख का उपसभापती विजय साह, युवा नेता एवं नेपाल मुस्लिम महासंघका महासचिव इरसाद अन्सारी, काँग्रेसका वडा सभापती श्याम शर्मा, समिर झा, राजकुमार चौधरी, काँग्रेसका नेता सतिष झा “मदन” लगायतले पार्टीको झण्डा ओढाएर सम्मान र श्रद्धाञ्जली अर्पण गरेका थिए ।
सो अवसरमा नेपाल परिवार नियोजन संघका पूर्व सभापती विन्देश्वर प्रसाद साह, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, फुटवल संघ सप्तरीका अध्यक्ष राजकुमार परियार, प्रशिक्षक उमेश गुरुङ, रमेश श्रेष्ठ, नेपाल सहकारी संस्थाका अध्यक्ष शत्रुघन प्रसाद गुप्ता लगायतले पनि अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।
श्रद्धाञ्जली पश्चात उनको पार्थिव शरीर कोशी नहरको घाटमा पु¥याइएको थियो । उनका जेठा छोरा करातेका प्रशिक्षक समेत रहेका संजय जोशीले दागवत्ती दिए ।
यसैबीच नेपाली काँग्रेस सप्तरीले आईतवार नै शोक वक्तब्य जारी गर्दै उनको निधनप्रति गहिरो दुःख तथा समवेदना प्रकट गरेको छ । सचिव सनत मण्डलद्वारा जारी शोक बक्तव्यमा उनको निधनले पार्टीलाई अपुरणीय क्षती पुगेको उल्लेख गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ