News Category 2082/05/08
खडेरीको मारमा परेका किसानलाई लक्षित गरि खाडोको पानी बाधेर खेत खेतमा पु¥याइयो
दैनिक समाचारदाता
राजविराज, ८ भदौ ।
पर्याप्त वर्षा नहुँदा खडेरीको सामना झेल्न बाध्य सप्तरीको तिलाठी कोईलाडी गाउँपालिका किसानहरुलाई सहज सिचाई उपलब्धका लागि खाँडो खोलाको पानी बाँध बाँधेर खेतमा पु¥याइएको छ ।
गाउँपालिकाको वडा नं. १ तिलाठी र वडा नं. २ लौनियाँका झण्डै ५ सय विगहा खेतमा यसरी सिंचाइ पुगेको गाउँपालिका अध्यक्ष अरुण कुमार मण्डलले जानकारी दिएका छन् ।
उनका अनुसार ती क्षेत्रफलमा सिचाई पु¥याउनका लागि स्थानीयवासी र वडा कार्यालयको आग्रहमा गाउँपालिकाबाट व्यवस्थापन गरिएको छ । “पाँच दिनको प्रयासमा खाँडो खोलाको पानीलाई खेतमा पु¥याउन डेढ सय मिटर जति लामो बाँध निर्माण गरिएको छ ।” उनले थपे, “अहिले खेत खेतमा पानी पुगेपछी किसानहरुको खेतमा पानीको अभाव समाप्त भएको छ र सम्पूर्ण खेतमा हरियाली छाएको छ भने किसानको मुहारमा खुशियाली आएको छ ।”
गाउँपालिकाको विपद् व्यवस्थापन शाखा र सम्बन्धित वडाको संयुक्त पहलमा खाँडो खोलामा अस्थायी बाँध निर्माण गरी खेतमा पानी पु¥याइएको विपद् व्यवस्थापन अधिकृत राजेश झाले जानकारी दिए ।
उनका अनुसार करिब पाँच सय विघा खेतमा लगाइएको धानबालीलाई यसबाट प्रत्यक्ष लाभ पुगेको छ । “खोलामा खेर गइरहेको पानीलाई नियन्त्रण गरी खेतमा पु¥याउँदा किसानले राहत अनुभव गरेका छन्,’’ उनले भने ।
यसअघि लामो समयसम्म वर्षा नहुँदा खेत सुक्न थालेका थिए । सिंचाइका लागि प्रयोग हुने ट्युबवेल र बोरिङमासमेत पानी नआएपछि किसान गम्भीर संकटमा परेका थिए ।
यस्तो अवस्थामा खोलाको पानी खेतमा पुगेपछि धानबालीले नयाँ जिवन पाएको वडा नम्बर २ का वडाअध्यक्ष कमल मंडलले बताए । अब यो दुइटा वडामा खडेरीको प्रभाव पर्ने छैन उनको कगन छ ।
उनका अनुसार खडेरीका कारण पीडित किसान अहिले हर्षित भएका छन् । धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाएको स्थानीय किसानले बताएका छन् । बाँध निर्माणपछि त्यसको संरक्षण गर्न त्यहाँका किसानहरुलाई जिम्मेवारी दिइएको गाउँपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ