News Category 2071/12/07
लागु औषध सहित तीन पक्राउ
दैनिक संवाददाता
राजविराज, ६ चैत ।
सप्तरीको सदरमुकाम राजविराज वडा नं. ७ बाट लागु औषध सहित तीन जनालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय राजविराजका इन्चार्ज सई राम नारायण यादवको कमाण्डमा खटिएको प्रहरीले गोप्य सुचनाको आधारमा छापामारी गरी लागु औषध सहित तीन जनालाई पक्राउ गरेको हो ।
भारतको कुनौली बजारबाट खरिद गरी ल्याएको अवस्थामा प्रहरीले राजविराज नगरपालिका ७ निवासी ३५ वर्षिय दिलिप क्षेत्री, सोही ठाउँका ३४ वर्षिय गन्जु भनिने भुवनेश्वर दास र काठमाण्डौ उपमहानगरपालिका ९ बस्ने २५ वर्षिय अशोक श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुको साथबाट डिआईएजेटि ल्याव लागु औषध ५६ वटा, एम्पुल एबिबिओडिटि ५८ वटा र एलयुपिआईजिएसआई नामक लागु औषध ५६ वटा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
उनीहरुलाई राजविराज नगरपालिका ७ का दिलिप क्षेत्रीकै घरबाट पक्राउ गर्न सफल भएको तथा पक्राउ परेकाहरुको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/30 अनिताको अपहरणपछि हत्या सडेगलेको अवस्थामा शव फेला
- 2083/01/30 परिक्षाका बेला विद्यार्थीसँग लिइएको रकम नगरपालिकाले विद्यालयलाई ग¥यो फिर्ता
- 2083/01/30 घरमै बिक्रि बितरण गर्दै गर्दा लागुऔषध ब्राउनसुगरसहित महिला पक्राउ
- 2083/01/30 करेन्ट लागेर महिलाको मृत्यु
- 2083/01/30 पत्रकार साहले छोरीको जन्मदिन बालबालिकालाई शैक्षिक सामग्री वितरण गर्दै मनाए
- 2083/01/30 आगलागिमा ६ लाख भन्दा बढी मुल्य बराबरको क्षति
- 2083/01/29 हरवा चरवाको ज्याला निर्धारण गर्न माग
- 2083/01/29 अग्निपीडितलाई उद्योग बाणिज्य र पालिकाको सहयोग
- 2083/01/27 खरानीमा गहना खोज्दै अग्निपीडित
- 2083/01/27 पाँच दिने आईसीटी तालिम सम्पन्न
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ