News Category 2082/05/09
मधेस प्रदेश सरकारद्वारा सुरक्षा निकायलाई सवारी साधन हस्तान्तरण
दैनिक समाचारदाता
जनकपुर, ९ भदौ ।
मधेस प्रदेश सरकारका गृह,सञ्चार तथा कानुन मन्त्रालयले प्रदेश स्थित रहेका सुरक्षा निकायका कार्यालयहरुलाई सवारी साधन उपलब्ध गराएको छ ।
मन्त्रालयले नेपाल प्रहरी र राष्ट्रिय अनुसंधानका प्रदेश तथा विभिन्न जिल्ला स्थित रहेको कार्यालयहरुलाई चारपाँग्रे तथा दुई पाँग्रे गरी २६ थान सवारी साधन उपलब्ध गराएको हो ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले सुरक्षा निकायका प्रमुखहरुलाई एक कार्यक्रमको बिच सो सवारी साधनहरु हस्तान्तरण गर्दै देश र जनताको शान्ति सुरक्षा, सुव्यवस्थाका लागि अहोरात्र खटिने सुरक्षा निकायले श्रोत र साधनको अभावमा हामीले चाहे जस्तो सेवा दिन नसक्ने बताउदै सुरक्षा निकायहरूलाई सवारी साधन उपलब्ध गराएको बताए ।
उनले प्रदेशका ८ वटै जिल्ला स्थित रहेका जिल्ला प्रहरी कार्यालय र ‘क’ श्रेणीका ईलाका प्रहरी कार्यालयहरुलाई केही दिन भित्रै एक÷एक थान चारपाँग्रे सवारीसाधन उपलब्ध गराउने जानकारी दिए ।
गृह मन्त्रालयका प्रदेश सचिव विमल प्रसाद वरालका अनुसार मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामलाई १ थान पिकअप गाडी र २१ थान बजाज कम्पनीको डिस्कभर मोटरसाइकल हस्तान्तरण गरिएको छ ।
यस्तै राष्ट्रिय अनुसंधान कार्यालय सप्तरी र रौतहटलाई एक एक थान पिकअप गाडी उपलब्ध गराइएको छ भने राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरी र धनुषालाई एक एक थान इलेक्ट्रीकल (इभी) उपलब्ध गराइएको हो ।
सवारी साधन हस्तान्तरण कार्यक्रममा मधेस प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख, डिआइजी उमा प्रसाद चतुर्वेदी, राष्ट्रिय अनुसन्धान कार्यालय मधेस प्रदेशका प्रतिनिधि, सशस्त्र प्रहरी बलका बाहिनिपती कृष्ण प्रसाद ढकाल लगायत प्रमुख जिल्ला अधिकारीहरुको उपस्थित रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ