News Category 2082/05/09
जेठानीको कुटाईबाट देवरानीको पाँच महिने गर्भ तुहियो
दैनिक समाचारदाता
राजविराज, ९ भदौ ।
सप्तरीको खडक नगरपालिका वडा नं. ७ स्थित कल्याणपुरमा बाटोमा इँटा राख्ने विवादमा झगडापछी कुटपिट हुँदा जेठानीको कुटाइबाट देवरानीको पाँच महिने गर्भ तुहिएको छ ।
प्रहरीका अनुसार भदौ ४ गते बिहीबार बिहान १० बजे ४० वर्षीया जेठानी जिबछी देवी साह र उनकी देवरानी ३५ वर्षीया ललिता देवी साहबीच झगडा भएको थियो । झगडा बढ्दै जाँदा कुटपिटसम्म पुगेको र सो क्रममा गर्भवती रहेको ललिताको पेटमा चोट लागेर उनको गर्भ तुहिएको हो ।
कुटपिटबाट ललिता साहको पेटमा चोट लागी घाईते भएको र तत्काल अवस्था सामान्य रहेकोले घरमै बसेको तर एक्कासि पेट दुखी बिरामी भएर उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याइएकोमा भदौं ८ गते आईतबार गर्भ खेर गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
प्रहरीको सहयोगमा उपचारका लागि स्थानीय गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएकी उनको पेटबाट चिकित्सकले सोमबार बिहान ५ महिने मृत बच्चा निकालेका हुन् ।
इटा, मुडकी र लातीले कुटपिट गरेपछी बेहोस भएको आफूलाई चार दिन घरमै राखी उनीहरुले सामान्य उपचार गराएको ललिताले सुनाईन् । तर निको नभएपछी स्थानीय र प्रहरीको सहयोगमा आइतबार राती आफूलाई गजेन्द्र नारायण सिंह अस्पताल पु¥याएको उनले बताइन् ।
उनले आफूमाथी निर्घात कुटपिट गर्ने र गर्भमा रहेको शिशुको हत्या गर्नेहरुलाई अविलम्ब पक्राउ गरि कडा कारवाही हुनु पर्ने माग गरेकी छिन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले घटनाको पुष्टि गर्दै आरोपितहरु घरमा फेला नपरेको तथा खोजि कार्य भइरहेको जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ