News Category 2082/05/10
तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
जिल्लामा पानीका कारण खडेरी परेको बेला सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा केही दिन अघि मात्र खाडो खोलामा बाँध बाधेर किसानको खेत खेतमा पानी पु¥याएपछी अब जिता नदीमा बाँध बाँधेर खोलाको पानी किसानहरुको खेत खेतमा पु¥याइने काम सुरु भएको छ ।
गाउँपालिकाले वडा नं. ५ कुशहास्थित जिता खोलामा २५ मिटर लामो बाँध निर्माण गरी वडा नं. ४ र ५ का गरी पाँच सय विघा खेतमा खोलाको पानी पु¥याएको हो ।
गाउँपालिका र वडा नं. ५ का अध्यक्ष ललन प्रसाद राउत समेतको अगुवाईमा अस्थायी बाँध निर्माण गरेर दुईवटा वडामा रहेको किसानको खेतमामा सिंचाई पु¥याईएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए ।
उनले पर्याप्त बर्षा नभएर खडेडीको मार झेल्दै आएको किसानको लागि ठुलो राहत पुगेको बताए । “धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाएको छ“ उनले भने ।
वडा नं. ४ का अध्यक्ष मुनिलाल मुखियाले खोलाको पानी खेतमा पुगेपछि धानबाली सप्रिने विश्वास व्यक्त गर्दै खडेरीको मारमा परेका किसान खुशी भएको प्रतिक्रिया दिए ।
यस्तै वडा नं. ५ का अध्यक्ष राउतले यसबर्ष रोपिएका धान पनि सुक्ने अवस्था आएपछि नदीमा बाँध बाँधेर सिंचाईको सुविधा पु¥याएको बताए ।
जिता खोलाको पानीले दुई वटा वडामा सिंचाई पुगे संगै गाउँपालिकाको चारवटा वडामा लगाइएको धानबाली जोगिने गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
उनका अनुसार खडेरीका कारण पीडित किसान अहिले हर्षित भएका छन् भने धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाउने विश्वास लिईएको छ ।
चार दिन अघि मात्र गाउँपालिकाले खाँडो खोलामा अस्थायी बाँध निर्माण गरेर पानी खेतमा पु¥याइएको थियो । गाउँपालिकाको वडा नं. १ तिलाठी र वडा नं. २ लौनियाँका पाँचसय विघा भन्दा बढी खेतमा यसरी त्यसरी लगिएको खोलाको पानीबाट सिंचाइ भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ