News Category 2082/05/10
तिलाठी कोइलाडीले अब जिताको पानी किसानहरुको खेतमा पु¥याउँदै
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
जिल्लामा पानीका कारण खडेरी परेको बेला सप्तरीको तिलाठी कोईलाडी गाउँपालिकामा केही दिन अघि मात्र खाडो खोलामा बाँध बाधेर किसानको खेत खेतमा पानी पु¥याएपछी अब जिता नदीमा बाँध बाँधेर खोलाको पानी किसानहरुको खेत खेतमा पु¥याइने काम सुरु भएको छ ।
गाउँपालिकाले वडा नं. ५ कुशहास्थित जिता खोलामा २५ मिटर लामो बाँध निर्माण गरी वडा नं. ४ र ५ का गरी पाँच सय विघा खेतमा खोलाको पानी पु¥याएको हो ।
गाउँपालिका र वडा नं. ५ का अध्यक्ष ललन प्रसाद राउत समेतको अगुवाईमा अस्थायी बाँध निर्माण गरेर दुईवटा वडामा रहेको किसानको खेतमामा सिंचाई पु¥याईएको गाउँपालिका अध्यक्ष अरुणकुमार मण्डलले जानकारी दिए ।
उनले पर्याप्त बर्षा नभएर खडेडीको मार झेल्दै आएको किसानको लागि ठुलो राहत पुगेको बताए । “धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाएको छ“ उनले भने ।
वडा नं. ४ का अध्यक्ष मुनिलाल मुखियाले खोलाको पानी खेतमा पुगेपछि धानबाली सप्रिने विश्वास व्यक्त गर्दै खडेरीको मारमा परेका किसान खुशी भएको प्रतिक्रिया दिए ।
यस्तै वडा नं. ५ का अध्यक्ष राउतले यसबर्ष रोपिएका धान पनि सुक्ने अवस्था आएपछि नदीमा बाँध बाँधेर सिंचाईको सुविधा पु¥याएको बताए ।
जिता खोलाको पानीले दुई वटा वडामा सिंचाई पुगे संगै गाउँपालिकाको चारवटा वडामा लगाइएको धानबाली जोगिने गाउँपालिकाका विपद व्यवस्थापन अधिकृत राजेश कुमार झाले जानकारी दिए ।
उनका अनुसार खडेरीका कारण पीडित किसान अहिले हर्षित भएका छन् भने धान रोपाइँ भइसकेको तर पानी अभावले मर्न थालेको बालीलाई खोलाबाट आएको पानीले जोगाउने विश्वास लिईएको छ ।
चार दिन अघि मात्र गाउँपालिकाले खाँडो खोलामा अस्थायी बाँध निर्माण गरेर पानी खेतमा पु¥याइएको थियो । गाउँपालिकाको वडा नं. १ तिलाठी र वडा नं. २ लौनियाँका पाँचसय विघा भन्दा बढी खेतमा यसरी त्यसरी लगिएको खोलाको पानीबाट सिंचाइ भईरहेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ