News Category 2082/05/10
जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण
दैनिक समाचारदाता
राजविराज, १० भदौ ।
राजविराज नगरपालिकाले जेष्ठ नागरिक तथा अशक्त भएकाहरुको घर–घरमै पुगेर सामाजिक सुरक्षा कार्ड नविकरण गर्ने घरदैलो अभियानको सुरु गरेको छ ।
सामाजिक सुरक्षा भत्ता पाउने योग्य लाभग्राही मध्ये बृद्धबृद्धा र असक्त नागरिकहरुले नवीकरणमा समस्या नहोस् भन्ने उद्देश्यले नगरपालिकाले घरदैलो अभियान सुरु गरेको हो ।
पहिलो दिन राजविराज नगरपालिका ७ की १ सय २ वर्षिया बचिया देवी यादव र ८१ वर्षिया जगदम्बा देवी देवको घर मै पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नविकरण गरिएको हो ।
भदौ मसान्त भित्र कार्ड नविकरण नगराए सरकारबाट पाउने उक्त सेवा सुविधाबाट बञ्चित हुने भएकाले बृद्ध बृद्धा र शारिरीक रुपमा अशक्तको घर मै पुगेर नविकरण कार्य सूरु गरिएको राजविराज नगरपालिकाकी कार्यवाहक नगर प्रमुख इसरत परवीनले जानकारी दिइन । वडा नं. ७ बाट सुरु भएको यो अभियान भदौ मसान्त भित्र क्रमिकरुपमा नगरका सबै १६ वटै वडामा पुग्ने उनको कथन छ ।
बढ्दो उमेर तथा शारिरीक रुपमा अशक्त भई हिडडुल गर्न नसकि नविकरणका लागी वडा कार्यालय पुग्न न सक्नेहरुको पहिचान र अवस्थाबारे समेत जानकारी लिई नविकरण गर्न थालिएको उनले सुनाईन ।
कार्यवाहक नगर प्रमुख परवीनको नेतृत्वमा पहिलो दिन वडा न ७ मा नगरपालिकाका पञ्जिकरण शाखा प्रमुख रविन्द्र साह, वडा सचिव अमरनाथ दत्त, वडा सदस्य रामानन्द देव सहितको टोलीले उनीहरुको घर मै पुगेर कार्ड नविकरण गरेको छ ।
वडा सदस्य रामानन्द देवले दुर्घटनामा परेर तिघ्राको हडी भाचि स्थानीय गजेन्द्र नारायण सिह अस्पतालमा उपचारका लागी भर्ना रहेका हरिनारायण लाल देवलाई बुधवार अस्पताल मै पुगी टोलीले स्वस्थ्य अवस्थाबारे जानकारी लिनुका साथै उनको समाजिक सुरक्षा भत्ता कार्ड नविकरण गर्ने तयारी गरिएको जानकारी दिए । यसका लागी विरामी देवका आफन्त र अस्पताल प्रशासनलाई जानकारी समेत गराइएको उनले बताए ।
सरकारबाट जेष्ठ नागरिक तथा अशक्त अपाङ्गलाई प्रदान गरिएको उक्त सेवा सुविधाबाट कोही पनि बञ्चित नहोस भन्ने उदेश्यका साथ नविकरण कार्यलाई घरदैलो कार्यक्रमको रुपमा अघि बढाइएको राजविराज नगरपालिकाले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ