News Category 2082/05/11
भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
भुमि समस्या समाधान आयोग सप्तरीले जिल्लाका विभिन्न पालिकामा निस्सा वितरण र पुर्जा उपलब्ध गराउने प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाएको छ ।
सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा काम अन्तिम चरणमा पुगिसकेको र यसै महिना भित्र जग्गाधनी पुर्जा वितरण तयारी भईरहेको आयोगका अध्यक्ष अखिलेश कुमार झाले जानकारी दिएका छन् ।
जिल्लाका १८ पालिकामध्ये सप्तकोशी, खडक, राजविराज, कञ्चनरुप, बोदेबरसाईन, डाक्नेश्वरी, सुरुङ्गा, हनुमाननगर कंकालिनी नगरपालिका र अग्निसाईर कृष्णासवरन, रुपनी, राजगढ, तिरहुत गाउँपालिका गरी १३ वटा पालिकामा करिब ७० प्रतिशत काम सकिएको र निस्सा वितरणको अन्तिम तयारीमा पुगेको उनको भनाई छ ।
यस्तै शम्भुनाथ नगरपालिका, तिलाठी कोईलाडी, छिन्नमस्ता, महदेवा र विष्णुपुर गाउँपालिका गरी बाँकी ५ पालिकामा भने काम शुरु गर्ने प्रक्रिया अगाडि बढाइरहेको अध्यक्ष झाको भनाइ छ ।
यस्तै खडक, सप्तकोशी नगरपालिका र अग्निसाईर कृष्णासवरन गाउँपालिकामा नापी कार्य चलिरहेको र दशैंसम्म सकाएर निस्सा वितरण सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सप्तरीमा अहिलेसम्म आर्थिक बर्ष २०८१÷०८२ को जेठ महिना भित्र भुमिहिन दलित ५ हजार १७ जना, भुमिहिन सुकुम्बासी २ हजार ६८९ जना गरी १२ हजार ९८८ जनाले आयोगमा आवेदन दिएका छन् । त्यस्तै अव्यवस्थित बसोबास (अधुरो÷अपुरो) का २४७ वटा आवेदन परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ