News Category 2082/05/11
भुमि समस्या समाधान आयोगले निस्सा बितरण र पूर्जा उपलब्ध गराउने प्रक्रिया बढायो
दैनिक समाचारदाता
राजविराज, ११ भदौ ।
भुमि समस्या समाधान आयोग सप्तरीले जिल्लाका विभिन्न पालिकामा निस्सा वितरण र पुर्जा उपलब्ध गराउने प्रक्रियालाई द्रुत गतिमा अगाडि बढाएको छ ।
सप्तकोशी नगरपालिका र रुपनी गाउँपालिकामा काम अन्तिम चरणमा पुगिसकेको र यसै महिना भित्र जग्गाधनी पुर्जा वितरण तयारी भईरहेको आयोगका अध्यक्ष अखिलेश कुमार झाले जानकारी दिएका छन् ।
जिल्लाका १८ पालिकामध्ये सप्तकोशी, खडक, राजविराज, कञ्चनरुप, बोदेबरसाईन, डाक्नेश्वरी, सुरुङ्गा, हनुमाननगर कंकालिनी नगरपालिका र अग्निसाईर कृष्णासवरन, रुपनी, राजगढ, तिरहुत गाउँपालिका गरी १३ वटा पालिकामा करिब ७० प्रतिशत काम सकिएको र निस्सा वितरणको अन्तिम तयारीमा पुगेको उनको भनाई छ ।
यस्तै शम्भुनाथ नगरपालिका, तिलाठी कोईलाडी, छिन्नमस्ता, महदेवा र विष्णुपुर गाउँपालिका गरी बाँकी ५ पालिकामा भने काम शुरु गर्ने प्रक्रिया अगाडि बढाइरहेको अध्यक्ष झाको भनाइ छ ।
यस्तै खडक, सप्तकोशी नगरपालिका र अग्निसाईर कृष्णासवरन गाउँपालिकामा नापी कार्य चलिरहेको र दशैंसम्म सकाएर निस्सा वितरण सुरु गर्ने तयारी भइरहेको आयोगले जनाएको छ ।
आयोगका अनुसार सप्तरीमा अहिलेसम्म आर्थिक बर्ष २०८१÷०८२ को जेठ महिना भित्र भुमिहिन दलित ५ हजार १७ जना, भुमिहिन सुकुम्बासी २ हजार ६८९ जना गरी १२ हजार ९८८ जनाले आयोगमा आवेदन दिएका छन् । त्यस्तै अव्यवस्थित बसोबास (अधुरो÷अपुरो) का २४७ वटा आवेदन परेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ