News Category 2082/05/12
करदाता सेवा कार्यालयद्वारा गत वर्षको तुलनामा १३ प्रतिशत बढी राजश्व संकलन
दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।
करदाता सेवा कार्यालय राजविराजले गत आर्थिक वर्षमा राजश्व संकलनमा १३ प्रतिशतले प्रगति हासिल गरेको छ ।
आर्थिक वर्ष २०८१÷०८२ मा कार्यालयले ८७ करोड २७ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । यो राजश्व अघिल्लो वर्षको तुलनामा करिब १३ प्रतिशतले बढी हो ।
कार्यालयले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । लक्ष्यभन्दा केही कम संकलन भए पनि अघिल्लो आर्थिक वर्ष २०८०÷०८१ मा संकलित करिब ७७ करोड रुपैयाँको तुलनामा उल्लेख्य वृद्धि भएको करदाता सेवा कार्यालय राजविराजका प्रमुख लालदेव सर्राफले जानकारी दिएका छन् ।
करदातामुखी कार्यक्रम, कर शिक्षा अभियान, कर अनलाइन प्रणालीको विस्तार, सेवाग्राहीलाई सहज सेवा, तस्करी नियन्त्रणका लागि बजार अनुगमन तथा कर छली विरुद्धका निगरानीले राजस्व संकलनमा सकारात्मक परिणाम देखिएको उनले बताए ।
राजस्व वृद्धिका लागि कर सचेतना अभिवृद्धि, करदाता शिक्षा, सडक नाटक, भित्तालेखन, करशिविर, विचौलियालाई प्रवेश निषेध गरी करदातालाई प्रत्यक्ष सेवा उपलब्ध गराउने जस्ता कार्यक्रम पनि कार्यालयले गरेको थियो ।
यस्तै १ सय ३ वटा फर्म तथा पसललाई कारबाही गरी ८ लाख २२ हजार रुपैयाँ जरिवाना समेत गरिएको करदाता सेवा कार्यालय राजविराजले जनाएको छ ।
आयकर तर्फ ८३ , मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ९४ र अन्तःशुल्क तर्फ ८१ प्रतिशत गरी कुल ८७ करोड रुपैयाँ संकलन गरिएको कार्यालयले जनाएको छ ।
खुला सिमाना, तस्करी तथा केही करदाताले समयमा कर नबुझाउनु जस्ता कारणले लक्ष्य पूर्ण रूपमा पूरा नभए पनि विगतको भन्दा उल्लेख्य वृद्धि हुनु सकारात्मक उपलब्धि भएको सर्राफले बताउनुभयो ।
कार्यालयले आगामी आर्थिक वर्ष २०८२÷०८३ मा एक अर्ब १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने महत्वाकांक्षी लक्ष्य लिएको छ । यसका लागि करदाताको दायरा थप विस्तार गर्ने, प्रविधिमुखी सेवा प्रवद्र्धन गर्ने र कर छल्ने प्रवृत्तिमाथि निगरानी गर्ने योजना रहेको बताइएको छ ।
६६ हजार पाँचसय ६१ सक्रिय करदाता रहेको करदाता सेवा कार्यालयले २०८२÷०८३ मा एक अर्ब १४ करोर राजस्व संकलन गर्ने लक्ष्य राखिएको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ