News Category 2082/05/15
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दैनिक रुपमा चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमिमा परिणत भइरहेको बताएका छन् ।
जसपा नेपाल राजविराज नगर समितिको नवनिर्वाचित कार्यसमितको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममलाई आइतबार राजविराजमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्य रहेको बताउदै उनले अध्यक्ष यादवले खेतिपातीको समयमा मधेसमा पानीको अभाव देखिनु भनेको सरकारको गैरजिम्मेवार भएको आरोप लगाए ।
“चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको छ, सुकुम्बासी व्यवस्थापनको नाममा भूमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमीकरण बनाउन खोजेको छ, अध्यक्ष यादवले भने–चुरे विनासका कारण मधेशमा भूमिगत पानीको सतह समाप्त हुँदै गएको छ, भूमि विधेयकले थप चुरे विनास बढाउँछ र मधेश मरुभूमिमा परिणत हुने निश्चित छ ।”
राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।
अध्यक्ष यादवले मुलुकको विकासको लागि सुल्टो बाटो हिँडनु पर्नेमा सरकार झन उल्टो बाटोमा हिँड्न लागेको समेत आरोप लगाए ।
मुलुकमा भ्रष्टाचार र बेथिति अन्तिम विन्दुमा पुगिसकेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि जसपा नेपालले नयाँ आन्दोलनको सुरूवात गर्ने यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ