News Category 2082/05/15
चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमि बन्दै ः जसपा अध्यक्ष यादव
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले दैनिक रुपमा चुरे जंगल र वन बिनासका कारण मधेस मरभुमिमा परिणत भइरहेको बताएका छन् ।
जसपा नेपाल राजविराज नगर समितिको नवनिर्वाचित कार्यसमितको शपथ ग्रहण तथा पदस्थापन कार्यक्रममलाई आइतबार राजविराजमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
जलस्रोतको धनी देश नेपालमा पानीको अभाव हुनु दुर्भाग्य रहेको बताउदै उनले अध्यक्ष यादवले खेतिपातीको समयमा मधेसमा पानीको अभाव देखिनु भनेको सरकारको गैरजिम्मेवार भएको आरोप लगाए ।
“चुरे विनाशका कारण अहिले मधेसमा जलसंकट देखिएको छ, सुकुम्बासी व्यवस्थापनको नाममा भूमि विधेयक ल्याएर सरकारले मधेशलाई मरुभूमीकरण बनाउन खोजेको छ, अध्यक्ष यादवले भने–चुरे विनासका कारण मधेशमा भूमिगत पानीको सतह समाप्त हुँदै गएको छ, भूमि विधेयकले थप चुरे विनास बढाउँछ र मधेश मरुभूमिमा परिणत हुने निश्चित छ ।”
राजमार्ग निर्माण गरी बसोबासका नाममा चुरे क्षेत्रको अतिक्रमण गरेका कारणले भूमिगत जलस्रोतको मुख्य आधारका रूपमा रहेको चुरेको विनाश हुँदै गएको उनको भनाइ थियो ।
अध्यक्ष यादवले मुलुकको विकासको लागि सुल्टो बाटो हिँडनु पर्नेमा सरकार झन उल्टो बाटोमा हिँड्न लागेको समेत आरोप लगाए ।
मुलुकमा भ्रष्टाचार र बेथिति अन्तिम विन्दुमा पुगिसकेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि जसपा नेपालले नयाँ आन्दोलनको सुरूवात गर्ने यादवको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ