News Category 2082/05/16
मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प छैन् ः शिर्ष नेताहरु
दैनिक समाचारदाता
बिराटनगर, १६ भदौ ।
संघीय लोकतान्त्रिक मोर्चाको पूर्व घोषित कार्यक्रम अन्तर्गत सोमबार विराटनगरमा “वर्तमान राजनीतिक अवस्था बारे जनजागरण अभियान“ शुरु भएको छ ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राष्ट्रिय पहिचान संगै सबै समुदायले प्रतिनिधित्व र स्वायत्तता तथा स्वशासन चाहेको बताएका छन् । उनले भुमि ऐन ल्याउनु भनेको देशलाई वनजंगल मुक्त बनाउने र धन कमाउने योजना रहेको उल्लेख गरे ।
सोही कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले नश्लिय शासनसत्ताबाट मुक्ति चाहिएको छ भने राष्ट्रिय मुक्ति आन्दोलन अपरिहार्य रहेको बताएका छन् ।
आदिवासी जनजाती जो मधेशी जस्तै यो देशमा राज्यविहिन जनताको रूपमा बाँच्न बाध्य भएका आरोप लगाए । उनीहरुलाई फुटाउ र राज गरको नीति तहत कांग्रेस र एमालेले फुटाएर राखेको बताए । विगतको दिनमा मधेशी, थारु, आदिवासी जनजाती, दलित, पिछडावर्गहरुले छुट्टाछुट्टै एक्ला एक्लै संघर्ष गरेकाले असफल भएको बताए । उत्पीडितहरुले अधिकार, पहिचान, स्वायत्तता र स्वशासन खोएको हो भने मिल्नुको विकल्प नरहेको बताए ।
मोर्चाका नेता तथा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले अधिकार पहिचानको लागि भएको आन्दोलनमा संघर्ष गरेका योद्धा साथीहरू माथि झुठा मुद्दा लगाई सरकारले जेलमा राख्ने काम गरेको बताए । देशबाट राजा फाल्नु र गणतन्त्र ल्याउनु उपलब्धि रहेको बताउँदै उखु किसानलाई सरकारले वेवास्ता गर्नु ठीक नरहेको समेत औल्याए । उनले हैजा फैलिनु र खानेपानी अभाव हुनु भनेको सरकारले लापरवाही गरिरहेको आरोप समेत लगाए ।
मोर्चाका नेता तथा जनता प्रगतिशील पार्टी नेपालका अध्यक्ष हृदयेश त्रिपाठीले देश हाम्रो भएकोले राज्य पनि हाम्रो हुनु पर्ने बताउँदै एउटा नवजात शिशुलाई नर्सले हेरचाह गरे झैं शेरबहादुर र केपी ओली संविधानको हेरचाह गर्ने नर्स मात्र भएकोले आमा जस्तो ममत्व उहाँहरुमा नभएको बताए । मधेशीहरु सामाजिक र राजनीतिक रूपमा विभाजित रहेकोले एकहुनु पर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै मोर्चाका केन्द्रीय सचिवालय सदस्य तथा राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिव केशव झाले संविधान संशोधनको पक्षमा जनमत तैयार गर्न, लाल आयोगको प्रतिवेदन सार्वजनिक गराउन, आन्दोलनकारीहरु माथिको मुद्दा खारेज गराउन, आन्दोलनकारी राजबन्दी रिहाई गराउन, भुमि विधेयक जो षड्यन्त्रपुर्वक आएको छ त्यसको विरोध गरि भुमिको रक्षा गर्न, भ्रष्टाचारको विरोध गर्न, जनजिविकाको सवालमा जनचाहना अनुसार कार्य गर्न मोर्चा गठन भएको स्पष्ट पारेका छन् ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा तमलोपाका अध्यक्ष वृषेश चन्द्र लालले संविधानको संशोधन समावेशीताको ग्यारेन्टीको लागि चाहिने, पुर्ण समानुपातिक निर्वाचन प्रणालीको लागि संशोधन चाहिने, संशोधन अधिकार प्राप्तिको लागि चाहिने बताए। जनताले समर्थन गर्ने हो भने मोर्चालाई एकढिक्का बनाएर अगाडि बढाउनुको विकल्प नरहेको बताए ।
कार्यक्रममा बोल्दै मोर्चाका नेता तथा नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सचिव चन्द्र कुमार चौधरीले मोर्चा गठनले थारु, मधेशी, आदिवासी जनजाति बीच उत्साह बढेको दाबी गर्दै एकता मोर्चाले छिट्टै रुपन्देही क्षेत्र न.३ को चुनावमा परिणाम दिने ठोकुवा गरे ।
कार्यक्रममा मोर्चाका शीर्ष नेताहरु उपेन्द्र यादव, राजेन्द्र महतो, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, वृषेश चन्द्र लाल, केशव झा, जयराम यादव, चन्द्र कुमार चौधरी, चन्द्र प्रसाद राजवंशी, बलराम ऋषिदेव, मनिष मिश्र, सत्य नारायण साह, रेखा यादव, सन्तोष मेहता, आभास लाभ, रकम चेम्जोङ, तबरेज हक, डा. विजय सिंह, संजय सिंह, लगायतको विशेष उपस्थिति रहेको थियो ।
मोर्चाले पहिलो चरणमा देशको आठ ठाउँमा जनजागरण अभियान संचालन गर्ने तय गरे अनुसार भदौ १८ गते राजविराज र २० गते जनकपुरधाममा कार्यक्रम हुने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ