News Category 2082/05/16
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा
दैनिक समाचारदाता
राजविराज, १६ भदौ ।
सप्तरी प्रहरीले दुई दिनको अवधीमा सीमावर्ती भारतीय बजारबाट चोरी पैठारी गरि ल्याइएका तीन लाख भन्दा बढीको भन्सार छलिका विभिन्न मालसामान नियन्त्रणमा लिएको छ ।
यस क्रममा चोरी पैठारीका मालसामान ढुवानी गर्न प्रयोग गरिएका दुई वटा मोटरसाइकल र ६ वटा साइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीद्वारा सोमबार सार्वजनिक विवरण अनुसार दुई दिनको अवधीमा जिल्लाको विभिन्न सीमानाका क्षेत्रबाट भन्सार छलि ल्याइएका ३ लाख ३७ हजार ३ सय ७० रुँपैया बराबरको मालसामान नियन्त्रणमा लिइएको छ ।
बरामद सामानहरुमा खाने तेल, रिफायन, बिस्कुट, साबुन, सर्फ, सूर्ती, पानमसाला र दुधको पाउडर लगायतका किराना सामान छन् । प्रहरीले उक्त अवैध मालसामान ओसारपोसार गर्न प्रयोग गरिएको स.३प. ६४९२ र प्रदेश २–०१–००१प.२३०१ गरि दुई वटा मोटरसाइकल र ६ वटा साइकल समेत नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
बरामद सरसामान तथा मोटरसाइकल र साइकल सोमबार नै आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयमा चलान गरिएको उनले बताए । चोरी पैठारी नियन्त्रण गर्न अहिले सीमानाका क्षेत्रमा निगरानी कडा पारिएको प्रहरीको भनाई छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ