News Category 2071/12/20
ढलेको रुख लैजाने सम्बन्धमा कुटपिट हुँदा एकको मृत्यु, तीन घाइते
दैनिक संवाददाता
राजविराज, १९ चैत ।
सप्तरीको बरहीविरपुर गाविसमा हावाले ढलेको रुख लैजाने सम्बन्धमा विवाद भएपछि कुटपिट हुँदा एकजना बृद्धाको बिहीबार मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
स्थानीय छिमेकीहरुले गरेको कुटपिटबाट बरहीबीरपुर गाविस ४ की ७० बर्षीया राजबतीदेवी रायको मृत्यु भएको हो । कुटपिटबाट गम्भीर घाइते भएकी उनलाई राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।
स्थानीय शिक्षक समेत रहेका शिबानन्द राय निजका दाई विद्यानन्द राय, भाई कमानन्द राय, विद्यानन्दकी पत्नी बिन्दु, कमानन्दकी पत्नी रेणुसहितकाले कुटपिट गरेको मृतकका छोरा बेचन रायले जानकारी दिनुभयो ।
कुटपिटबाट बेचनकी ४५ वर्षीया पत्नी बिणादेवी राय, छोरी १८ बर्षीया हेमपुष्पा कुमारी राय र १० बर्षीया सिमा कुमारी राय समेत घाइते भएको र उनीहरुको अंचल अस्पतालमा उपचार भइरहेको छ भने हेमपुष्पाको अवस्था गम्भिर रहेको छ ।
शिक्षक शिबानन्द र बेचनको जग्गाको सिमानामा रहेको सिसौको रुख हावाका कारण ढलेपछि उक्त रुख आफ्नो घरमा ल्याउँदा उनीहरुले घरभित्रै पसेर कुटपिट गरेको बेचनको भनाई छ ।
प्रहरीले कुटपिटमा संलग्न विद्यानन्दकी पत्नी बिन्दु, कमानन्दकी पत्नी रेणुलाई पक्राउ गरेको छ । अन्य व्यक्तिहरु फरार रहेका कारण उनीहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ