News Category 2082/05/19
जसपासँग एकताकै लागि कार्यगत एकता ः अध्यक्ष महतो
दैनिक समाचारदाता
राजविराज, १९ भदौ ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसित एकता कै लागि कार्यगत एकता सुरु गरिएको बताएका छन् ।
बिहीबार राजविराजमा पत्रकार सम्मेलनको आयोजना गरि उनले यस्तो बताएका हुन् । मुक्तिको आन्दोलन निष्कर्षमा पु¥याउन एकिकृत भएर शसक्त ढंगले अघि बढ्न कार्यगत एकता गरिएको अध्यक्ष महतोले स्पष्ट पार्दै निकट भविष्यमै जसपासँग एकता हुने जानकारी पनि दिए ।
मधेशी, आदिवासी, जनजाती, दलित लगायत सम्पूर्ण उत्पीडित वर्गको अधिकार र पहिचान स्थापनाका लागि एकिकृत भएर आन्दोलनमा उत्रनुको विकल्प नरहेको बताउँदै उनले संघिय लोकतान्त्रिक मोर्चा पनि यही उद्देश्य प्राप्तिका लागि गठन भएको स्पष्ट पारे ।
जनमत पार्टी मोर्चाबाट अलग हुनु भन्दा पनी मोर्चाबाट भागेको उनको टिप्पणी थियो । शाषक वर्गलाई नै मजबुत तुल्याउने षडयन्त्र र कसैको इशारामा लागेर जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रुपन्देही ३ मा हुने उपनिर्वाचन छुट्टै उम्मेदवारी दिन लागेको स्पष्ट पारे ।
डा. राउत कसको इसारामा चलेको हो भन्ने सन्दर्भमा राखिएको जिज्ञासाको जवाफमा उनले केही समय पर्खन तथा समय आएपछी सबै ुकरा आफै खुल्ने बताए ।
“मधेशी अनुहारले मात्र मधेशको हिमायती हुँदैन, उनले भने –डा. राउतको गतिविधीले पनि यस्तै आशंका उब्जाएको छ, बाँकी कुरा आगामी दिनहरुमा प्रष्ट हुँदै जाने छ ।”
पत्रकार सम्मेलनमा पार्टीका महासचिव केशव झा, सन्तोष मेहता, सहमहासचिव गजेन्द्र कुमार मण्डल, जिल्ला अध्यक्ष दिपेन्द्र चौधरी लगायतको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/19 सप्तरी २ मा १२ बर्षपछि काँग्रेसको उम्मेदवार चुनावी मैदानमा
- 2082/10/19 स्थिर शासन स्थापित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति आवश्यक ः उपेन्द्र यादव
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ