News Category 2082/05/22
ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना
राजविराज÷निजामती कर्मचारी दिवस तथा आसन्न चाडपर्वको अवसर पारेर शनिबार यहाँ ट्रफि र कुखुरा पुरस्कार राखेर मैत्रीपूर्ण फुटवल प्रतियोगिताको आयोजना गरिएको छ ।
सप्तरी जिल्ला अदालत र उच्च अदालत जनकपुर राजविराज इजलाशले संयुक्त रुपमा एउटा प्रतियोगिताको आयोजना ग¥यो भने अर्को प्रतियोगिता हिमालय क्लव राजविराजले आयोजना गरेको हो ।
दुई मैत्रीपूर्ण प्रतियोगिताका एक बिजेता टिमले ट्रफि र प्रमाणपत्र पाएका छन् भने अर्को बिजेता टिमले पुरस्कार स्वरुप २५ किलो तौल बराबरको ११ वटा कुखुरा प्राप्त गरेका छन् ।
उक्त रोचक प्रतियोगिता हेर्न राजरंगशालामा दर्शकको भिड लागेको थियो । उक्त दुबै प्रतियोगितामा जिल्ला फुटवल संघ सप्तरीले समनवय र प्राविधिक सहयोग गरेका थिए ।
२२औं निजामती कर्मचारी दिवसको अवसरमा जिल्ला अदालत सप्तरी र उच्च अदालत जनकपुर राजविराज इजलाशको संयुक्त आयोजनामा आयोजित पहिलो मैत्रीपूर्ण फुटवल प्रतियोगितामा आयोजक दुबै टिमबीच नै प्रतिस्पर्धा भएको थियो । २५–२५ मिनेट खेलाइएको उक्त खेलमा जिल्ला अदालत सप्तरीलाई २ का बिरुद्ध ५ गोल अन्तरले पराजित गर्दै उच्च अदालत जनकपुर राजविराज इजलाश टिम बिजयी भए ।
बिजयी खेलाडीहरुलाई ट्रफि र प्रमाणपत्र बितरण गर्दै प्रमुख अतिथि उच्च अदालत जनकपुर राजविराजका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले खेलको माध्यमबाट मनोरन्जन गर्ने उद्देश्यले निजामती कर्मचारी दिवसको अवसरमा यस्तो कार्यक्रम दुबै अदालतले मिलेर आयोजना गरेकोमा आयोजकलाई धन्यवाद दिए ।
दैनिक ८ घण्टा कार्यालयको काम गर्ने कर्मचारीलाई फरक अनुभव, उत्साह र मनोरन्जनका साथै यस्ता खेलले ताजगी प्रदान गर्ने उनको भनाई छ ।
शनिबार नै हिमालय क्लब राजविराजले आयोजना गरेको अर्को मैत्रीपूर्ण फुटवल प्रतियोगितामा आयोजक हिमालय क्लवले जिएसएफसी चिम्टि क्लवलाई ३–१ गोल अन्तरले हराउँदै पुरस्कार वापत २५ किलो बराबरको ११ वटा कुखुरा प्राप्त गरेका छन् ।
उपबिजेता जिएसएफसी चिम्टि क्लबले १५ किलो बराबरको ७ वटा कुखुरा प्राप्त गरे । उक्त खेलका बिजेताहरुलाई प्रमुख अतिथि समाजसेवी प्रविन चौधरी र फुटवलका प्रशिक्षक प्रज्वल सिंह सेवाले उक्त परिमाणको कुखुरा प्रदान गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ