News Category 2082/05/22
खोला किनारमा महिला मृत फेला, टाउँकोमा चोट लागेका पुजारी मृत्यु
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
सप्तरीको छुट्टाछुट्टै स्थानमा शनिबार भएको घटनामा एक महिला खोला किनारमा मृत फेला परेकी छिन भने टाउँकोमा चोट लागेका पुजारीको उपचारका क्रममा मृत्यु भएको छ ।
जिल्लाको शम्भुनाथ नगरपालिका ७ स्थित खोलामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन् ।
सो पालिका वडा नं. ७ भंगाहास्थित देवधार खोलाको पूर्व पट्टी काश घारीको किनारामा पहिचान नखुलेको तराई मुलुकको जस्तो देखिने ४०÷४५ वर्षिया महिला मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै जिल्लाको कञ्चनरुप नगरपालिका ९ सुन्दरी पुलको छेउस्थित काली मन्दिरका पुजारीको मृत्यु भएको छ । नाम नखुलेका ७०÷७५ वर्षिय ती पुजारी विगत ६÷७ वर्षदेखी उक्त मन्दिरमा पुजारीको रुपमा कार्यरत थिए ।
शनिबार साँझ टाउँकोमा चोट लागेर लडिरहेको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए । उपचारका लागि नगर अस्पताल कंचनपुरमा भर्ना गरेकोमा उपचारकै क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ ।
मृत्यु भएका पुजारीको शव राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा राखिएको तथा घटना शंकास्पद देखिएकोले अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालयका डिएसपी माधव काफ्लेले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ