News Category 2071/12/21
मानवअधिकार वर्र्षपुस्तक त्रैमासिक समीक्षा सम्पन्न तीन महिनाको अवधीमा पाँचको हत्या
दैनिक संवाददाता
राजविराज, २० चैत ।
नेपाल मानवअधिकार वर्र्षपुस्तक २०१६ को लागि तयार पारेको तीन महिने प्रतिवेदनको त्रैमासिक पूर्व समीक्षा कार्यक्रम शुक्रबार राजविराजमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सन् २०१५ को जनवरीदेखि मार्च महिनासम्म इन्सेकले अभिलेख गरेको मानवअधिकार उल्लंघन तथा ज्यादतीका ४५ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।
इन्सेक प्रतिनिधी पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा तीन महिनाको अवधिमा जिल्लामा एक बालक, दुई बालिका, एक महिला र एक बृद्धगरि ५ जनाको हत्या भएको उल्लेख छ ।
यसैगरी ६ बलात्कार र एक बलात्कार प्रयासका घटनामा आठ वर्षीया बालिकादेखि ५१ वर्षीया एकल महिलासम्म पीडित भएको उल्लेख छ । घरेलु हिंसाका २९ वटा मुद्दामा ष्स्घिरनिकालाको १४, कुटपिटका ६, धम्कीका चार, पत्नी अस्विकार गरी छाडेको चार र नागरिकता नबनाई दिएको एउटा घटना भएको उल्लेख छ । यस्तै प्रतिवेदनमा बहुविवाह, शिक्षकको कुटाईबाट बालक घाइते, पार्टी कार्यालय आगजनी, ढुंगा प्रहार, लाठीचार्जका एक÷एक घटना भएको उल्लेख छ ।
इन्सेक सप्तरीको आयोजनामा आयोजित पूर्वसमीक्षा कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीले समान हेराई, बुझाई र सोंचाईका साथ सबैजना लागेमा मानवअधिकारको अवस्थामा सुधार आउने बताउनुभयो । अपराधलाई घृणा गर्ने र अपराधीलाई छोरा, भाईका रुपमा नहेरी अपराधीका रुपमा हेर्न न्यायाधीश अधिकारीले आग्रह गर्नुभयोे ।
महिला हिंसा विरुद्धको सञ्जालका सल्लाहकार एवं शिक्षिका मन्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला, डिएसपी नारायणप्रसाद चिमरिया, महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, नेकपा एमालेका सचिव शम्भु यादव, पुनरावेदन अदालत वार एशोसिएसनका अध्यक्ष महेन्द्रकुमार चौधरीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा श्रेस्तेदार नवराज दुलाल, जिल्ला न्यायाधिवक्ता हरिकुमार पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धिरेन्द्रप्रसाद साह, सशस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगी, सहयोगी समाजका अध्यक्ष इन्द्रनारायण लेखी, नागरिक समाजका कोषाध्यक्ष पुण्यप्रसाद यादव, प्रशासकिय अधिकृत प्रेमप्रसाद अर्याल, महिला विकास अधिकृत सुशिला चौधरी, महिला सेलकी इन्चार्ज असई हरीमाया श्रेष्ठ, जिल्ला सेवा केन्द्रकी संयोजक विष्णु कोइराला, पुनरावेदन अदालतका शाखा अधिकृत रोशन बस्नेत, अधिकार संरक्षण केन्द्रकी अन्नपूर्ण मिश्र, मैथिली महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, कानुन व्यवसायी, सञ्चारकर्मी र अधिकारकर्मीले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले संचालन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/09 लामखुट्टे नियन्त्रणका लागि औषधि छर्किने बारे नगरपालिका र प्रशासन कार्यालयमा ज्ञापन
- 2082/12/09 सेनाले मनाए वार्षिकोत्सव
- 2082/12/09 भन्सार छलेका मोटरसाइकलसहित किराना सामान भन्सार बुझाइयो
- 2082/12/09 राजविराज जेसीजलाई “संकल्प टु सक्सेस अवार्ड”
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ