News Category 2071/12/21
मानवअधिकार वर्र्षपुस्तक त्रैमासिक समीक्षा सम्पन्न तीन महिनाको अवधीमा पाँचको हत्या
दैनिक संवाददाता
राजविराज, २० चैत ।
नेपाल मानवअधिकार वर्र्षपुस्तक २०१६ को लागि तयार पारेको तीन महिने प्रतिवेदनको त्रैमासिक पूर्व समीक्षा कार्यक्रम शुक्रबार राजविराजमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा कार्यक्रममा इन्सेक प्रतिनिधि मनोहरकुमार पोखरेलले सन् २०१५ को जनवरीदेखि मार्च महिनासम्म इन्सेकले अभिलेख गरेको मानवअधिकार उल्लंघन तथा ज्यादतीका ४५ वटा घटना प्रस्तुत गर्नु भएको थियो ।
इन्सेक प्रतिनिधी पोखरेलद्वारा प्रस्तुत प्रतिवेदनमा तीन महिनाको अवधिमा जिल्लामा एक बालक, दुई बालिका, एक महिला र एक बृद्धगरि ५ जनाको हत्या भएको उल्लेख छ ।
यसैगरी ६ बलात्कार र एक बलात्कार प्रयासका घटनामा आठ वर्षीया बालिकादेखि ५१ वर्षीया एकल महिलासम्म पीडित भएको उल्लेख छ । घरेलु हिंसाका २९ वटा मुद्दामा ष्स्घिरनिकालाको १४, कुटपिटका ६, धम्कीका चार, पत्नी अस्विकार गरी छाडेको चार र नागरिकता नबनाई दिएको एउटा घटना भएको उल्लेख छ । यस्तै प्रतिवेदनमा बहुविवाह, शिक्षकको कुटाईबाट बालक घाइते, पार्टी कार्यालय आगजनी, ढुंगा प्रहार, लाठीचार्जका एक÷एक घटना भएको उल्लेख छ ।
इन्सेक सप्तरीको आयोजनामा आयोजित पूर्वसमीक्षा कार्यक्रमका प्रमुख अतिथि जिल्ला न्यायाधीश रामप्रसाद अधिकारीले समान हेराई, बुझाई र सोंचाईका साथ सबैजना लागेमा मानवअधिकारको अवस्थामा सुधार आउने बताउनुभयो । अपराधलाई घृणा गर्ने र अपराधीलाई छोरा, भाईका रुपमा नहेरी अपराधीका रुपमा हेर्न न्यायाधीश अधिकारीले आग्रह गर्नुभयोे ।
महिला हिंसा विरुद्धको सञ्जालका सल्लाहकार एवं शिक्षिका मन्जु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थानीय विकास अधिकारी कोमलप्रसाद धमला, डिएसपी नारायणप्रसाद चिमरिया, महिला तथा बालबालिका कार्यालयकी प्रमुख चन्द्रकला श्रेष्ठ, नेकपा एमालेका सचिव शम्भु यादव, पुनरावेदन अदालत वार एशोसिएसनका अध्यक्ष महेन्द्रकुमार चौधरीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा श्रेस्तेदार नवराज दुलाल, जिल्ला न्यायाधिवक्ता हरिकुमार पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका निवर्तमान अध्यक्ष धिरेन्द्रप्रसाद साह, सशस्त्र प्रहरी निरीक्षक लालबहादुर नेगी, सहयोगी समाजका अध्यक्ष इन्द्रनारायण लेखी, नागरिक समाजका कोषाध्यक्ष पुण्यप्रसाद यादव, प्रशासकिय अधिकृत प्रेमप्रसाद अर्याल, महिला विकास अधिकृत सुशिला चौधरी, महिला सेलकी इन्चार्ज असई हरीमाया श्रेष्ठ, जिल्ला सेवा केन्द्रकी संयोजक विष्णु कोइराला, पुनरावेदन अदालतका शाखा अधिकृत रोशन बस्नेत, अधिकार संरक्षण केन्द्रकी अन्नपूर्ण मिश्र, मैथिली महिला परिषद्की संस्थापक अध्यक्ष मीना ठाकुर, कानुन व्यवसायी, सञ्चारकर्मी र अधिकारकर्मीले मन्तव्य राख्नु भएको थियो भने कार्यक्रम प्रेस स्वतन्त्रता सेनानी बैधनाथ झाले संचालन गर्नु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/20 कारागारबाट फरार भएका मध्ये ८ कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
- 2082/06/20 सात बुँदे राजविराज घोषणापत्र जारि गर्दै अन्तराष्ट्रिय देव महासम्मेलन सम्पन्न
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ