News Category 2082/05/22
उच्च अदालतका पाँच कर्मचारी सम्मानित
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
उच्च अदालत जनकपुर राजविराज इजलासले उत्कृष्ट ढंगले कार्यसम्पादन गरे वापत आफ्ना पाँच जना कर्मचारीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ ।
निजामती कर्मचारी दिवसको अवसर पारेर उच्च अदालत जनकपुर राजविराज इजलासले वर्ष भरिमा उत्कृष्ट काम गर्ने आफ्ना पाँच जना कर्मचारीलाई आइतबार एक कार्यक्रमबीच सम्मान गरेको हो ।
सम्मानित हुनेहरूमा इजलास अधिकृत विष्णु नेपाली, नायब सुब्बाद्वय प्रल्हाद कार्की, माधव प्रसाद यादव, तामेलदार रामचन्द्र साह र कार्यालय सहयोगी पुटु कुमार सिंह रहेका छन् ।
कार्यक्रमका प्रमुख अतिथि अदालतका बरिष्ठतम् न्यायाधीश बामदेव ज्ञवालीले पाँचै जना कर्मचारीलाई जनही ५÷५ हजार रूपियाँ नगदसहित सम्मानपत्र प्रदान गरेर सम्मान गरे ।
सो अवसरमा उनले परिश्रम तथा इमानदारीताका साथ काम गरि मुस्कानसहित सेवा दिने कर्मचारीलाई अदालतले जहिले पनि आदर र सम्मान गर्दै आएको र यसपल्ट पनि त्यसलाई निरन्तरता दिएको बताए ।
कार्यक्रममा अदालतका रजिष्टार लोकनाथ पराजुलीले इमानदारीपूर्वक काम गर्ने कर्मचारीको अदालतले उच्च मूल्यांकन गर्ने गरेको बताउँदै सबै कर्मचारीले आफूले पाएको जिम्मेवारी इमान्दारीपूर्वक पुरा गर्नुपर्नेमा जोड दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ