News Category 2082/05/25
सप्तरी कारागारबाट २ सय ५ कैदीबन्दी फरार, फरार मध्ये २४ जना पक्राउ
दैनिक समाचारदाता
राजविराज, २५ भदौ ।
कारागार कार्यालय सप्तरीबाट बुधबार बिहान २ सय ५ जना कैदीबन्दी फरार भएका छन् । कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर २ सय ५ जना कैदीबन्दी फरार भएका हुन् ।
प्रहरीका अनुसार फरार मध्ये अधिकांश ‘बी’ ब्लकका कैदीबन्दी छन् । सुरुमा कारागार भित्र रहेका फर्निचर र सुत्ने ओच्छयानहरुमा आगो लगाएका कैदीबन्दी त्यस पछि मुल ढोकाको ताल्चा फुटाएर फरार भएका छन् ।
कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुटै गरी कुल तीन ब्लकमा हाल ३ सय ९५ कैदीबन्दी रहेका थिए । जसमा २३ महिला समेत गरी कुल ३ सय ९५ कैदीबन्दी रहेकोमा आधि भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।
प्रहरी उपरिक्षक गौतम कुमार केशीले फरार भएका मध्ये २४ जनालाई फरार भएको एक घण्टा भित्रै पक्राउ गरि सकेको जानकारी दिए ।
अन्य फरार कैदीबन्दी भारत तर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्र समेत शिल गरी खोज तलास तीब्र बनाईएको उनको भनाई छ ।
यस अघि अघिल्लो दिन साझ जेनजीका प्रदर्शनकारीले कारागारमा समेत तोडफोड गर्ने प्रयास गरेका थिए । तर सुरक्षा निकायले सो प्रयास असफल पारेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ