News Category 2082/05/26
फरार ४२ जना कैदीबन्दी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
कारागार कार्यालय सप्तरीबाट बुधबार फरार भएका कैदीबन्दीहरु मध्येबाट ३७ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारागार कार्यालय सप्तरीमा रहेका ३ सय ९७ जना कैदी मध्ये २ सय ५ जना फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक गौतमकुमार केसीले पक्राउ पर्ने क्रममा ५ जना झुम्का कारागारबाट फरार कैदीलाई पनि पक्राउ गरिएको जानकारी दिएका छन् ।
राजविराज नगरपालिका वडा नम्बर ६ स्थित रहेको कारागार कार्यालय सप्तरीबाट फरार अझै १ सय ६८ कैदीको खोजी कार्य भईरहेको उनको भनाई छ ।
उनले भारतको विहार राज्यसंग जोडिएको कुनौली तथा सखडा बोर्डर बन्द गरी खोजी कार्यलाई तिब्र बनाईएको र सर्च अप्रेसन जारी रहेको जानकारी समेत दिए ।
बुधबार कारागार भित्र कपडा तथा दाउराहरूमा आगजनी गरी हो–हल्ला गरेपछी प्रहरीले के भएको भन्ने बारे जाने क्रममा कैदीहरु मेन गेटबाटै प्रहरीलाई झुक्याएर फरार भएका थिए ।
कारागारमा आगलागीबाट पहिलो तल्लाको १ कोठा भवनमा क्षति, १० थान टिभि, लत्ताकपडा, पानी तान्ने मोटर एक थान, सिलिङ पङखा १३ थानलगायत नष्ट भएको छ । प्रहरीले स्थिति नियन्त्रणमा लिन नेपाली सेना र सशस्त्र प्रहरीको सहयोग लिई ५२ राउण्ड फायर समेत गरेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ