News Category 2082/05/27
थप १५ जना कैदीबन्दी पक्राउ, एक कैदी मृत फेला
दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
कारागार कार्यालय सप्तरीबाट फरार भएकाहरु मध्येबाट थप १५ जना कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ भने जना कैदी मृत फेला परेका छन । ।
प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतका अनुसार सप्तरीको बलान बिहुल गाउँपालिका ४ बस्ने ५० बर्षका कर्तब्य ज्यान मुद्दाका कैदी तुरन्तलाल बरही मृत भेटिएको हुन् । उनी जिल्लाको बिष्णुपुर गाउँपालिका ६ रन्जीतपुरमा रहेको आँपको रुखमा झुण्डीएको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले जिल्लाको बिभिन्न स्थानबाट बिहीबार मात्रै १५ जना र बुधवार भने ३७ जना गरि अहिले सम्म ५२ जना कैदीबन्दीलाई पक्राउ गरिसकको छ । एक जना कैदी भने आफै प्रहरी समक्ष आत्मसर्मपन गरेका छन । त्यस्तै सुनसरीको झुमका कारागारबाट फरार रहेका पाँच जना कैदीलाई सप्तरीबाट पक्राउ गरी उक्त कारागारमा पठाइएको प्रहरी नायव उपरीक्षक बस्नेतले जानकारी दिए ।
यता अन्य फरार कैदीबन्दी भारततर्फ भाग्न सक्ने अनुमानका साथ सिमानाका क्षेत्र समेतमा खोज तलास तीब्र बनाईएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कारागार भित्र आगजनी तथा मुल ढोकाको ताल्चा फुटाएर बुधवार २ सय ५ जना कैदीबन्दी फरार भएका थिए । कारागारमा पुरुष कैदीबन्दीका ‘ए र बी’ गरी दुई ब्लक तथा महिला कैदीबन्दीका लागि छुटै गरी कुल तीन ब्लकमा हाल ३ सय ९७ कैदीबन्दी रहेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ