News Category 2082/05/27
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
जेनजी आन्दोलतनका क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान र कार्यालयहरुबाट मंगलबार चोरिएका र लुटिएका जीन्सी र नगद सात दिन भित्र बुझाउन स्थानीय प्रसाशनले एक सूचना मार्फत चेतावनी दिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त सूचना जारी गर्दै सात दिनको अवधि भित्र चोरिएका र लुटिएका सार्वजनिक सम्पत्ति फिर्ता नगरिए प्रचलित कानून बमौजिम कारवाहि प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।
गत मंगलबार जेनजी समुहको ध्वासांत्मक आन्दोलनका क्रममा याहाँका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरिएको थियो ।
यस क्रममा पूर्वाधार विकाश कार्यालय, डिभिजन वन कार्यालय, हुलाक कार्यालय, नापी कार्यालय, सप्तरी जिल्ला आदालत, उच्च अदालत जनकपुर राजविराज ईजलास, राजविराज नगरपालिका, सघन सहरी लगायका कार्यालयहरुमा व्यापक तोडफोड र आगजनीसगै लाखौ मूल्य बराबरको सम्पत्ति समेत लुटेर लगिएको थियो ।
यसरी चोरी तथा लुटेर लग्दै गरेको दृश्य र प्रमाणहरु सीसी टिभि फुटेज, टीकटक, फेसबुक र विभिन्न संचार माध्यमबाट समेत स्पट भईसकेको उल्लेख गर्दै सूचना मार्फत लुटिएका र चोरी गरी लगिएका सम्पत्ति सात दिन भित्र जिल्ला प्रशासन कार्यालयमा नबुझाए कानूनी कार्वाहीमा पर्नेतर्फ सचेत पनि गराईएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आन्दोलनको निहुँमा लुटपाट र चोरी गर्ने अधिकाशको विभिन्न माध्यमबाट पहिचान भईसकेको र सार्वजनिक सम्पत्ति सात दिन भित्र फिर्ता ल्याउन सम्बन्धित व्यक्तिलाई एक मौका दिएको बताए ।
सूचनाको अवज्ञा गरी सात दिन भित्र राष्टको सम्पत्ति फिर्ता नल्याए त्यस्ता व्यत्तिलाई नियन्त्रणमा लिएर कानूनी कार्वाही अघि बढाउने उनको भनाई छ ।
आन्दोलनका क्रममा आएको प्रदर्शनकारीको हुलले विभिन्न कार्यालयहरुमा तोडफोड र आगजनी गर्न थालेपछि कर्मचारीहरुमा भागाभाग मच्चिएको थियो । सोही मौका छोपेर प्रदर्शनकारीको हुलमा मिसिएका कतिपय युवाहरु कार्यालयका जिन्सी सामान र नगद रकम लुटपाट र चोरी गरि घर लगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ