News Category 2082/05/27
आन्दोलनका क्रममा चोरी तथा लुटपाट गरेर लगेका सम्पत्ति सात दिन भित्र बुझाउन प्रशासनको चेतावनी
दैनिक समाचारदाता
राजविराज, २७ भदौ ।
जेनजी आन्दोलतनका क्रममा विभिन्न सरकारी निकाय, प्रतिष्ठान र कार्यालयहरुबाट मंगलबार चोरिएका र लुटिएका जीन्सी र नगद सात दिन भित्र बुझाउन स्थानीय प्रसाशनले एक सूचना मार्फत चेतावनी दिएको छ ।
शुक्रबार जिल्ला प्रशासन कार्यालय सप्तरीले उक्त सूचना जारी गर्दै सात दिनको अवधि भित्र चोरिएका र लुटिएका सार्वजनिक सम्पत्ति फिर्ता नगरिए प्रचलित कानून बमौजिम कारवाहि प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।
गत मंगलबार जेनजी समुहको ध्वासांत्मक आन्दोलनका क्रममा याहाँका आधा दर्जन भन्दा बढी सरकारी कार्यालयहरुमा आगजनी र तोडफोड गरिएको थियो ।
यस क्रममा पूर्वाधार विकाश कार्यालय, डिभिजन वन कार्यालय, हुलाक कार्यालय, नापी कार्यालय, सप्तरी जिल्ला आदालत, उच्च अदालत जनकपुर राजविराज ईजलास, राजविराज नगरपालिका, सघन सहरी लगायका कार्यालयहरुमा व्यापक तोडफोड र आगजनीसगै लाखौ मूल्य बराबरको सम्पत्ति समेत लुटेर लगिएको थियो ।
यसरी चोरी तथा लुटेर लग्दै गरेको दृश्य र प्रमाणहरु सीसी टिभि फुटेज, टीकटक, फेसबुक र विभिन्न संचार माध्यमबाट समेत स्पट भईसकेको उल्लेख गर्दै सूचना मार्फत लुटिएका र चोरी गरी लगिएका सम्पत्ति सात दिन भित्र जिल्ला प्रशासन कार्यालयमा नबुझाए कानूनी कार्वाहीमा पर्नेतर्फ सचेत पनि गराईएको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले आन्दोलनको निहुँमा लुटपाट र चोरी गर्ने अधिकाशको विभिन्न माध्यमबाट पहिचान भईसकेको र सार्वजनिक सम्पत्ति सात दिन भित्र फिर्ता ल्याउन सम्बन्धित व्यक्तिलाई एक मौका दिएको बताए ।
सूचनाको अवज्ञा गरी सात दिन भित्र राष्टको सम्पत्ति फिर्ता नल्याए त्यस्ता व्यत्तिलाई नियन्त्रणमा लिएर कानूनी कार्वाही अघि बढाउने उनको भनाई छ ।
आन्दोलनका क्रममा आएको प्रदर्शनकारीको हुलले विभिन्न कार्यालयहरुमा तोडफोड र आगजनी गर्न थालेपछि कर्मचारीहरुमा भागाभाग मच्चिएको थियो । सोही मौका छोपेर प्रदर्शनकारीको हुलमा मिसिएका कतिपय युवाहरु कार्यालयका जिन्सी सामान र नगद रकम लुटपाट र चोरी गरि घर लगेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ