News Category 2082/05/29
कारागार क्षेत्रमा कफ्र्यु आदेश
दैनिक समाचारदाता
राजविराज, २९ भदौ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले कारागार कार्यालय सप्तरी क्षेत्रमा कफ्र्यु आदेश जारि गरेको छ ।
प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलद्वारा आइतबार जारि सूचनामा जिल्ला सुरक्षा समितिको बैठकको निर्णय अनुसार कारागारको चारै तर्फ क्षेत्रको ५०÷५० मिटर चार किल्ला तोकी उक्त कफ्र्यु आदेश जारि भएको जनाइएको छ ।
जारि सूचनामा भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागार कार्यालयबाट कैदी भागेको घटनालाई मध्यनजर गर्दै उक्त कफ्र्यु आदेश जारि गरिएको उल्लेख छ ।
सूचनामा “कारागारको पूर्व, पश्चिम, उत्तर र दक्षिण ५०÷५० मिटर चारकिल्ला तोकी अर्को आदेश नभएसम्मको लागि स्थानीय प्रशासन ऐन २०२८ संशोधन सहितको दफा ६(क) बमोजिम सो सीमाना भित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकाशरको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेरा उगर्न नपाउने गरी कफ्र्यु आदेश जारि गरिएको छ । कफ्र्यु आदेश उलंघन गरे÷गराएमा सोही ऐन बमोजिम कडा कारवाही हुने व्यहोरा समेत अनुरोध गर्दछु ।” उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ