News Category 2082/05/30
फोहर व्यवस्थापनका लागि नगरपालिकाले विशेष सरसफाई अभियान चलाउने

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट राजविराज नगरपालिकाको बारुणयन्त्र र एम्बुलेन्सदेखि फोहर मैला उठाउने टिपर र ट्याक्टर सम्म नष्ट भएको छ । जसकारण विगत ६ दिन देखि फोहर उठ्न नसक्दा नगर दुर्गन्धित बन्न थालेको छ ।
कार्यवाहक नगरप्रमुख इसरत परवीनको अध्यक्षतामा सोमबार सरोकारबाला निकायका प्रतिनिधि समेत राखेर बसेको बैठकले नगरक्षेत्रमा विशेष सरसफाई अभियान चलाउने निर्णय गरेको छ । उनले उक्त विशेष सरसफाई अभियानमा सरिक हुन सबैसंग आग्रह समेत गरेकी छिन् ।
यता जिल्लामै सर्वाधिक क्षति ब्यहोरेको राजविराज नगरपालिकाले कार्यालयबाट लुटिएका र चोरी गरी लगिएका सामानहरु तुरुन्त फिर्ता गर्न अपिल पनि गरिएको छ ।
नगरपालिका कार्यालयले सोमबार एक सूचना जारी गर्दे यस्तो अपिल गरेको हो । प्रमुख प्रशासकीय अधिकृत हरिकिशोर प्रसाद चन्दवंशीद्वारा जारी सूचनामा गत मंगलबार प्रदर्शनकारीको हुलमा मिसिएका केही व्यक्तिद्वारा ल्यापटप, कम्प्युटर, प्रिन्टर, स्क्यानर, मनिटर, साउण्ड सिस्टम, गाडीका पार्टपुर्जा विद्युतीय उपकरण लगायतका सम्पती लुटपाट भएको उल्लेख छ ।
नगरपालिकाले आगजनी र तोडफोड संगै लुटपाट र चोरीमा संलग्न व्यक्तिहरुको फोटो र भिडियो सीसीटिभी क्यामरामा कैद भएको तथा सामाजिक सञ्जालहरु मार्फत समेत सार्वजनिक भइसकेकाले अविलम्ब लुटेर तथा चोरेर लगेका सार्वजनिक सम्पति फिर्ता ल्याउन सूचना मार्फत अपिल गरेको छ ।
कार्यवाहक नगरप्रमुख इसरत प्रवीणले जनताकै करबाट बनेका संरचना र सार्वजनिक सम्पति जलाउनु र चोरेर लानु अपराध भएको बताईन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/06/19 बाढीमा फसेका २० जना स्थानीयलाई सेनाले ग¥यो उद्धार
- 2082/06/19 कोशी व्यारेजको ५६ वटै ढोका खोलियो, पुलबाट सवारी साधन आवजजावतमा रोक
- 2082/06/15 छिन्नमस्ता मन्दिर परिसरमा सेनाद्वारा निर्मित शिव मन्दिरको उद्घाटन
- 2082/06/14 सप्तरीका धार्मिकस्थलमा भक्तजनको भीड
- 2082/06/17 सुख्खा तथा खडेरी प्रभावित किसानहरुलाई राहत उपलब्ध
- 2082/06/12 एकल महिलाको सहारा बन्दै जुही
- 2082/06/12 याडियाको स्कुटर सप्तरीको बजारमा
- 2082/06/10 आन्दोलनका क्रममा दलका पार्टी कार्यालय, नेता र जनप्रतिनिधिको निवासमा गरि एक करोडको क्षति
- 2082/06/10 संसद भवन बचाउने क्रममा गोली चलाएर गरिएको ठूलो नरसंहार उचित होइन ः महामन्त्री शर्मा
- 2082/06/08 जेनजी आन्दोलनका क्रममा सप्तरीका पालिका र सरकारी कार्यालयमा ७५ करोड भन्दा बढीको क्षती
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ