News Category 2082/05/31
सबै जुटे सरसफाईमा
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ ।
जेनजी आन्दोलनका क्रममा सरसफाई कार्यमा प्रयोग गरिने सबै सवारीसाधन जलेर नष्ट हुँदा एक सातादेखी राजविराज नगरको फोहर उठ्न नसक्दा मंगलबार राजविराज नगरपालिकाको अगुवाईमा विशेष सरसफाई अभियान चलाईएको छ ।
कार्यवाहक नगरप्रमुख इसरत परवीनको अगुवाईमा थालिएको विशेष सरसफाई अभियानमा प्रदेश सांसद किरण कुमारी साह, पत्रकार महासंघका अध्यक्ष श्रवणकुमार देव, सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादव, प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतका साथै सुरक्षाकर्मी र स्थानिय अगुवाहरु सहभागी भए ।
आन्दोलनको निहुमा केही अराजक तत्वले नगरपालिकाको एम्बुलेन्स र बारुणयन्त्रका साथै फोहर उठाउन प्रयोग गरिने सबै ट्याक्टर र टिपरहरु जलाई दिएपछि फोहोर उठाउन नसकी नगर दुर्गन्धित बनदै थियो । जसकारण विभिन्न रोगको संक्रमण फैलिने सम्भावनालाई मध्य नजर गरी यस्तो अभियान चलाइएको कार्यवाहक नगरप्रमुख परवीनले बताइन् ।
उनले यस कार्यमा निस्वार्थ रुपमा हातेमालो गर्न सबै संग आग्रह समेत गरिन् । उनले तोडफोड र आगजनीबाट ध्वस्त भएको नगरपालिका कार्यालयको पुनःनिर्माण र आवश्यक बन्दोबस्तीका सामानको व्यवस्थापन गरी केही दिन भित्रै नगरवासीलाई सहज रुपमा सेवा प्रदान गर्न आफूहरु लागि परेको बताईन् ।
सरसफाईमा सहभागी सप्तरी युथका कार्यवाहक अध्यक्ष मोहन यादवले जेनजी आन्दोलनका क्रममा भएको क्षति कसैको एकल प्रयासबाट मात्रै सम्हाल्ने र पुर्ती गर्ने अवस्था नरहेकाले सबै जुटेर प्रयास थालेको बताए ।
प्रदेश सांसद किरण कुमारी साहले आन्दोलनका क्रममा छिरेका केही घुसपैठियाहरुले सार्वजनिक सम्पती तथा फोहोर मैला व्यवस्थापनमा प्रयोग गरिने सार्वजनिक सवारी साधन समेत जलाएर अपराधिक काम गरेको उल्लेख गर्दै नगरवासीलाई विभिन्न रोगको महामारीबाट जोगाउन थालिएको बृहत सरसफाई अभियानमा सबैले सहयोग गर्नुपर्नेमा जोड दिईन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ