News Category 2082/06/02
जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा दिप प्रज्वलन
दैनिक समाचारदाता
राजविराज, १ भदौ ।
जेनजी आन्दोलनका क्रममा सहिद भएकाहरुको सम्मानमा राजविराजमा बुधबार दिप प्रज्वलन गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा सप्तरी, संघीय लोकतान्त्रिक मोर्चा जिल्ला समिति सप्तरीसहितका विभिन्न संघसंस्थाले जेनजी आन्दोलनका सहिदहरुको सम्मानमा दिपप्रज्वलन गरेको हो ।
नेपाल पत्रकार महासंघ सप्तरीको आयोजनामा महासंघका कार्यालय अगाडि मौनबती बालेर जेनजी सहिदहरुको सम्मानमा श्रद्धाञ्जली अर्पण गरिएको थियो ।

पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण देव, आम संचार प्राधिकरण मधेस प्रदेशका पूर्व अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष वैजनाथ झा, प्रेस काउन्सीलका पूर्व सदस्य देवराम यादव, पत्रकार आवद्ध विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिलगायतका राष्ट्रिय तथा स्थानीय मिडियामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।
यसैगरी संघीय लोकतान्त्रिक मोर्चा सप्तरीको आयोजनामा जेनजी सहिदहरुको सम्मानमा दिपप्रज्वलन गरिएको छ ।
राजविराजस्थित गजेन्द्र चौकमा भेला भएका संघीय लोकतान्त्रिक मोर्चा आवद्ध नेताकार्यकर्ताले गजेन्द्रनारायण सिंहको शालिक अगाडि मैनवती बालेर श्रद्धाञ्जली दिएपछि मैनवती बालेर पैदललै नेता चौकमा पुगेर दिप प्रज्वलन गरेका थिए ।
उक्त अवसरमा मोर्चा आवद्ध केन्द्र, प्रदेश र जिल्लाका नेताकार्यकर्ता तथा विभिन्न भातृसंगठनका महिला, युवा विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
जेनजी विद्रोहका सहिदहरुको स्मृतिमा सरकारले बुधबार राष्ट्रिय शोक घोषणा गरि सार्वजनिक विदा घोषणा गरि राष्ट्रिय झण्डा झुक्याएर शोक दिवस मनाउने निर्णय गरेको थियो ।
गत भदौ २३ गते जेनजी आन्दोलनका क्रममा प्रहरीले गोली प्रहार गर्दा १९ जना तथा उपचारको क्रममा गरि ७४ जनाको मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ