News Category 2082/06/02
फरार ८२ कैदीबन्दी पक्राउ
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
कारागार कार्यालय सप्तरीबाट फरार कैदीबन्दी मध्ये ८२ जनालाई हालसम्म प्रहरीले पक्राउ गरेको छ ।
भदौ २५ गते बुधबार कारागारको मुख्य गेट तोडी ३ सय ९७ कैदीमध्ये २ सय ५ जना फरार भएका थिए ।
प्रहरीले जिल्लाका विभिन्न स्थानबाट ८२ जनालाई नियन्त्रणमा लिएको छ भने झुम्का कारागार, सुनसरीबाट फरार भएका ६ जना र नख्खु कारागारवाट फरार २ जना कैदी समेत गरी हालसम्म ९० जना पक्राउ परेका छन् ।
अहिलेसम्म राजबिराज कारागारका १ सय २३ जना कैदी अझै फरार रहेका र उनीहरूको खोजी तीव्र रुपमा भइरहेको प्रहरी उपरीक्षक गौतमकुमार केसीले जानकारी दिएका छन् ।
उनका अनुसार भारतको बिहार राज्यसँग जोडिएको विभिन्न नाकामा खोजी अभियानलाई थप सक्रिय बनाइएको छ । कारागारमा सुरक्षाको अबस्थालाई मध्यनजर गर्दै हाल कार्यालय वरिपरि कर्फ्युलाई निरन्तरता दिइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ