News Category 2082/06/02
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
मोर्चाको केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले उक्त निर्णय गर्दै यस वर्ष पनि संविधान दिवसलाई संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट सामुहिक रुपमै कालोपट्टी बाँधी विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि कालो दिवस मनाउने निर्णय गरेको हो ।
शिवजी यादवको अध्यक्षतामा बसेको बैठकले २०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबरजस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएकोले संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरि असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय भएको जनाइएको छ ।
यस्तै सोही बैठकले जेनजी पुस्ताले २०८२ भाद्र २३ र २४ गते भ्रष्टाचार र कुशासनको विरुद्धमा तथा सामाजिक सञ्जाल प्रतिवन्ध खुलाउन दवाव स्वरुप गरेको आन्दोलनको पक्षमा मोर्चा रहेको स्पष्ट समेत पारेको छ ।
बैठकले जेनजीद्वारा गरिएको आन्दोलनमा अराजक तत्वहरु घुसपैठ गरि विभिन्न राजनीतिक दलको कार्यालय, लोकतन्त्रका प्रमुख आधारहरु राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाका भवनहरु, सरकारी, सार्वजनिक तथा नीजी भवनहरु, मोर्चाका नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्र नाथ शुक्ला, शरतसिंह भण्डारी, निर्जला राउत, मो. लालबाबु राउतको घर फ्याक्ट्रीमा तोडफोड तथा आगजनी एवं व्यवसायीहरु डा. उपेन्द्र महतो, विनोद चौधरी, वसन्त चौधरी, मिन बहादुर गुरुङ (भाटभटेनी सुपरमार्केट), गोल्यान हाउस, गोल्छा हाउस लगायत आम जनताको घर, पसल, फ्याक्ट्री लगायतमा क्षति पु¥याएकोले दोषीहरुको छानबिन गरि कडा भन्दा कडा कारवाही गर्न र भए गरेका क्षतिहरुको यकिन गरि क्षतिपूर्ति दिन सरकारलाई आग्रह समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ