News Category 2082/06/02
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
संघीय लोकतान्त्रिक मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने निर्णय गरेको छ ।
मोर्चाको केन्द्रीय सचिवालयको बिहीबार बसेको बैठकले उक्त निर्णय गर्दै यस वर्ष पनि संविधान दिवसलाई संघीय लोकतान्त्रिक मोर्चाको तर्फबाट सामुहिक रुपमै कालोपट्टी बाँधी विभिन्न खाले विरोधका कार्यक्रमहरु गरि कालो दिवस मनाउने निर्णय गरेको हो ।
शिवजी यादवको अध्यक्षतामा बसेको बैठकले २०७२ असोज ३ गते संविधान जारी भएको दिन मधेशका सपुतको छातीमा गोली ठोकी जबरजस्ति एकतर्फी रुपमा संविधान लाद्ने काम भएको र आन्दोलनको मर्म र भावना विपरीत अपूर्ण र अधुरो संविधान जारी गरिएकोले संविधानको पुनर्लेखन अथवा परिमार्जन तथा संशोधनको माग राखी संविधानलाई आंशिक रुपमा स्वीकार गरि असोज ३ लाई कालो दिनको रुपमा मनाउने निर्णय भएको जनाइएको छ ।
यस्तै सोही बैठकले जेनजी पुस्ताले २०८२ भाद्र २३ र २४ गते भ्रष्टाचार र कुशासनको विरुद्धमा तथा सामाजिक सञ्जाल प्रतिवन्ध खुलाउन दवाव स्वरुप गरेको आन्दोलनको पक्षमा मोर्चा रहेको स्पष्ट समेत पारेको छ ।
बैठकले जेनजीद्वारा गरिएको आन्दोलनमा अराजक तत्वहरु घुसपैठ गरि विभिन्न राजनीतिक दलको कार्यालय, लोकतन्त्रका प्रमुख आधारहरु राष्ट्रपति भवन, व्यवस्थापिका, न्यायपालिका, कार्यपालिकाका भवनहरु, सरकारी, सार्वजनिक तथा नीजी भवनहरु, मोर्चाका नेताहरु राजेन्द्र महतो, हृदयेश त्रिपाठी, सर्वेन्द्र नाथ शुक्ला, शरतसिंह भण्डारी, निर्जला राउत, मो. लालबाबु राउतको घर फ्याक्ट्रीमा तोडफोड तथा आगजनी एवं व्यवसायीहरु डा. उपेन्द्र महतो, विनोद चौधरी, वसन्त चौधरी, मिन बहादुर गुरुङ (भाटभटेनी सुपरमार्केट), गोल्यान हाउस, गोल्छा हाउस लगायत आम जनताको घर, पसल, फ्याक्ट्री लगायतमा क्षति पु¥याएकोले दोषीहरुको छानबिन गरि कडा भन्दा कडा कारवाही गर्न र भए गरेका क्षतिहरुको यकिन गरि क्षतिपूर्ति दिन सरकारलाई आग्रह समेत गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ