News Category 2082/06/02
दिपावली गरी संविधान दिवस मनाउने निर्णय
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
संविधान जारी भएको दिन असोज ३ लाई विगत झै यस वर्ष पनि संविधान दिवस तथा राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गरिएको छ ।
जिल्ला समन्वय समितिको सभाकक्षमा विहिवार विभिन्न राजनीतिक दल, सुरक्षा निकाय तथा विभिन्न संघ संस्थाका प्रमुखहरुको बैठकले उक्त निर्णय गरेको हो ।
बैठकमा नेपाली काँग्रेसका उपसभापती रामकुमार यादव, नेकपा एमालेका सचिव देवनाथ यादव र नेकपा माओवादी केन्द्रका इन्र्चाज सूर्यनाथ यादव वाहेक अन्य कुनै पनि राजनीतिक दलका प्रतिनिधी सहभागी भएनन् ।
जिल्ला समन्वय समितीका प्रमुख शिवनारायण साहको संयोजकत्वमा गठन भएको मुल आयोजक समितीको बैठकमा प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेल, सशस्त्र प्रहरी उपरिक्षक रोशन बुढाथेकि, नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक जीतेन्द्र कुमार वस्नेत, सामुदायीक प्रहरी सेवा मञ्चका अध्यक्ष धिरेन्द्र कुमार दास, जिल्ला समन्वय अधिकारी कुन्दन कर्ण, राष्ट्रिय अनुसन्धान कार्यालयका उपनिर्देशक कुल चन्द्र नेपाल, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जागेश्वर खडगाको पनि सहभागिता रहेको थियो ।
बैठकले २ असोजमा साँझ घर तथा कार्यालयहरुमा दीपावली, ३ असोजमा प्रभातफेरी र गजेन्द्र नारायण सिह अस्पतालका विरामीहरुलाई फलफुल वितरण तथा ४ असोजमा साँझ घर तथा कार्यालयहरुमा दिपावली लगायतका कार्यक्रम गर्ने निर्णय गरेको छ ।
अहिले विशेष गरी राजनीतिक परिस्थितीलाई दृष्टीगत गरी थोरै कार्यक्रम तय गरिएको मूल आयोजक समितीका संयोजक साहले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ