News Category 2082/06/02
डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
जेनजी आन्दोलनका क्रममा डिभिजन वन कार्यालय सप्तरीमा करोडौं मुल्य बराबरको क्षति भएको छ ।
भदौ २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा कार्यालयको भवनसहित त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा जिन्सी सामान मध्ये केहीमा आगजनी तथा लुटपाट गरिएको थियो ।
आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिएका छन् ।
उनले आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा जिर्ण बनेकोले अहिले त्यस कार्यालयबाट सेवा प्रवाहा गर्ने अवस्था समेत नरहेको उल्लेख गरे ।
आन्दोलनका क्रममा कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रणका उपकरण एयर ब्लोवर, जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री नष्ट हुनुका साथै लुटेर पनि लगिएको कार्यालयमा जडित सीसी क्यामराको फुटेजबाट प्रष्ट देखिएको उनको दाबी छ ।
कार्यालय पुर्ण रुपमा जिर्ण भइसकेकाले तत्काल कामकाज सञ्चालनमा समस्या भएको हुँदा हाल राजविराज ८ स्थित पहिलाको भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको प्रमुख दासले बताए ।
लुटेर लगिएका सामानहरु फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि तीन वटा आगो निभाउने जेट सुटर र एक थान जिपिएस प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता आएको र अझै चोरी भएका सामग्री भने फिर्ता हुन नसकेको दासले जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/23 हुलाकमार्फत राहदानी बुझिलिने सम्बन्धमा प्रशासन कार्यालय र हुलाकबीच समझदारी
- 2083/01/23 मविव क्याम्पसमा पहिलो पटक आइसीटि तालिम सुरु
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ