News Category 2082/06/02
डिभिजन वन कार्यालयमा करोडौं मुल्य बराबरको क्षति
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
जेनजी आन्दोलनका क्रममा डिभिजन वन कार्यालय सप्तरीमा करोडौं मुल्य बराबरको क्षति भएको छ ।
भदौ २४ गते जेनजीले गरेको प्रदर्शनका क्रममा कार्यालयको भवनसहित त्यहाँ रहेका महत्वपूर्ण कागजात तथा जिन्सी सामान मध्ये केहीमा आगजनी तथा लुटपाट गरिएको थियो ।
आगजनी, तोडफोडपछी लुटपाटबाट १ करोड ७१ लाख ८१ हजार ९ सय ४० रुपैयाँ मुल्य बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिएका छन् ।
उनले आगजनीबाट ७० लाख रुपैयाँ बराबरको भवन पूर्ण रुपमा जिर्ण बनेकोले अहिले त्यस कार्यालयबाट सेवा प्रवाहा गर्ने अवस्था समेत नरहेको उल्लेख गरे ।
आन्दोलनका क्रममा कम्प्युटर, ल्यापटप, अग्नि नियन्त्रणका उपकरण एयर ब्लोवर, जिपिएस सेट, प्रोजेक्टर, सीसी क्यामेरा, एसी, सोफा, दराज, टेबल–कुर्सीलगायतका सामग्री नष्ट हुनुका साथै लुटेर पनि लगिएको कार्यालयमा जडित सीसी क्यामराको फुटेजबाट प्रष्ट देखिएको उनको दाबी छ ।
कार्यालय पुर्ण रुपमा जिर्ण भइसकेकाले तत्काल कामकाज सञ्चालनमा समस्या भएको हुँदा हाल राजविराज ८ स्थित पहिलाको भूसंरक्षण कार्यालयबाट सेवा प्रवाह गर्ने गरी तयारी भइरहेको प्रमुख दासले बताए ।
लुटेर लगिएका सामानहरु फिर्ता गर्न सार्वजनिक सूचना जारी गरेपछि तीन वटा आगो निभाउने जेट सुटर र एक थान जिपिएस प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको रोहबरमा फिर्ता आएको र अझै चोरी भएका सामग्री भने फिर्ता हुन नसकेको दासले जिकिर गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ