News Category 2082/06/03
दशैका लागि छिन्नमस्ता मन्दिरलाई सिंगारिदै
दैनिक समाचारदाता
राजविराज, ३ असोज ।
मुलुककै प्रसिद्ध शक्तिपीठ मध्येका एक सप्तरीको छिन्नमस्ता भगवती मन्दिरलाई दशैका लागि सिंगारिदै छ । यस पटक १५ देखि २० लाख सम्म भक्तजन आउने अनुमानसहित आवश्यक तयारी अन्तिम चरणमा पु¥याइएको छ ।
छिन्नमस्ता भगवती मन्दिर संरक्षण सम्बद्र्धन समितिले लाखौ रुपैयाँ खर्च गरेर मन्दिर सिंगार्ने तथा सजावटसहित अन्य काम सुरु गर्दै तयारी अन्तिम चरणमा पु¥याएको हो ।
दर्शनार्थीका लागि सहज पुजापाठ, सुरक्षा, पण्डाल, स्वच्छ खानेपानी, बासस्थल, बिद्युतिकरण र सजावट लगायतका काम धमाधम भईरहेको मन्दिर समितिका कार्यवाहक अध्यक्ष समेत रहेका पीठाधिश महाकान्त ठाकुरले जानकारी दिए ।
उनले दर्शणार्थीको सुरक्षा र आपराधिक गतिबिधी नियन्त्रणका लागि यस पल्ट मन्दिर भित्र र बाहिर चारैतिर गरी कुल ३२ वटा सिसि टिभि क्याम्रा जडान गरिएको बताए ।
दशैंको तैयारीका लागि रगंरोगन, प्रचार प्रसार, विभिन्न निकायमा पत्राचार लगायतका कार्य अन्तिम चरणमा पुगेको जानकारी दिएका उनले मन्दिर सम्म पु्ग्ने बाटोको केही भाग अझै जिर्ण र खाल्डाखुल्डीको अवस्थामा रहेकाले अबिलम्ब उक्त सडकको स्तरोन्नतिका लागि सरकारबाट पहल हुनुपर्ने आवश्यकता समेत औल्याए ।
नेपाल तथा भारतका हिन्दु धर्माबलम्बी माझ ख्याति प्राप्त यस मन्दिरमा दशैका बेला लाखौं भक्तजन आउने गरेका छन् ।
दशैको तयारीमा जुटेको समितिले शुक्रबार एक कार्यक्रमको आयोजना गरी गत आर्थिक वर्ष २०८१÷२०८२ को आयव्यय समेत सार्वजनिक गरेको छ । जसअनुसार बलि प्रदान, गाडी पुजन, गाडी पार्किङ्ग, मुण्डन, चन्दा, धर्मशाला सहयोग, शिध्र दर्शन शुल्क, सटर भाडा, दानपेटिका लगायतका शिर्षकबाट समितिले १ करोड ४५ लाख ९ सय ९३ रुपैयाँ आम्दानी गरेको छ ।
यस्तै कर्मचारी तलब, गंगा आरती, समान खरिद, स्टेशनरी, ग्रिल, रगंरोगन, सरसफाई लगायत शिर्षकमा भएको खर्च कटाएर सो आर्थिक वर्षमा कुल ५५ लाख ३४ हजार ८ सय ७१ रुपैयाँ बचत भएको मन्दिर समितिले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ