News Category 2082/06/06
मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको बोदेबर्साइन नगरपालिका बडा नं. ५ भाटिनस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारपछी मृत्यु भएको छ ।
गत २०८१ फागुन २१ गते कुशमहारबाट बोदेबर्साइनतर्फ आउँदै गरेको बा.प्र.०२–०३२प.३२२३ नं. को मोटरसाइकलको ठक्करबाट घाईते भएका पैदलयात्री सोही ठाउँका ६० वर्षीय जुगति रामको उपचारपछि मृत्यु भएको हो ।
दुर्घटनामा बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको रामलाई जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचार हुँदै गर्दा स्वास्थ्य अवस्था गम्भीर भएपछि भोलिपल्टै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उपचारपछि फागुन २८ गते उनलाई डिस्चार्ज गरी घर ल्याइएको भएपनि स्वास्थ्यमा समस्या देखिएकाले रामको आईतबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बोदेबर्साइनको टोली घटनास्थल पुगेर कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याईएको उनले बताए ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिईएको र चालक सोही ठाउँका वडा नम्बर १ धनगढी घर भएका ३६ बर्षीय भगवती प्रसाद साह बारे अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक साहसंग सवारी चालक अनुमतिपत्र सहितका कागजपत्र नरहेको र मापसे गरेको अवस्थामा दुर्घटना भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/12/08 दुई महिनादेखी वेपत्ता छोरीको सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछी परिवारजनमा खैलाबैला
- 2082/12/08 वर्षाका कारण इँटा व्यवसायीहरु मर्कामा
- 2082/12/08 कंचनरुपमा फुटपाथ अतिक्रमण हटाउने अभियान सञ्चालन
- 2082/12/06 दुई बाल श्रमिकसहित २३ जना कामदारको उद्दार
- 2082/12/06 दुःखमोेचन आश्रममा भगवानको दिब्य प्रतिमा स्थापनाको तयारी
- 2082/12/06 श्रोत नखुलेको २० लाख नेपाली रुपैयाँसहित एक पक्राउ
- 2082/12/04 नाबालिका अपहरण मुद्दामा युवकलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश
- 2082/12/02 उद्घाटन भएको दश महिना वित्न लाग्दा पनि बस पार्क अझै संचालनमा आएन
- 2082/12/02 फागुन महिनाको प्रगति विवरण सार्वजनिक, टोल फ्री नम्बर र १०० नम्बरमा फोन गर्न एसपी गौतमको आग्रह
- 2082/12/01 अटोमा गाँजा तस्करी गरेको अवस्थामा एक महिलासहित दुई पक्राउ
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ