News Category 2082/06/06
मोटरसाइकल ठक्करबाट घाइते वृद्धको उपचारपछी मृत्यु
दैनिक समाचारदाता
राजविराज, ५ असोज ।
सप्तरीको बोदेबर्साइन नगरपालिका बडा नं. ५ भाटिनस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलको ठक्करबाट घाइते भएका एक वृद्धको उपचारपछी मृत्यु भएको छ ।
गत २०८१ फागुन २१ गते कुशमहारबाट बोदेबर्साइनतर्फ आउँदै गरेको बा.प्र.०२–०३२प.३२२३ नं. को मोटरसाइकलको ठक्करबाट घाईते भएका पैदलयात्री सोही ठाउँका ६० वर्षीय जुगति रामको उपचारपछि मृत्यु भएको हो ।
दुर्घटनामा बायाँ खुट्टा र शरीरका विभिन्न भागमा चोट लागेको रामलाई जीवन ज्योति अस्पताल बोदेबर्साइनमा उपचार हुँदै गर्दा स्वास्थ्य अवस्था गम्भीर भएपछि भोलिपल्टै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो । उपचारपछि फागुन २८ गते उनलाई डिस्चार्ज गरी घर ल्याइएको भएपनि स्वास्थ्यमा समस्या देखिएकाले रामको आईतबार घरमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए ।
घटनाबारे जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय बोदेबर्साइनको टोली घटनास्थल पुगेर कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजविराज ल्याईएको उनले बताए ।
दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिईएको र चालक सोही ठाउँका वडा नम्बर १ धनगढी घर भएका ३६ बर्षीय भगवती प्रसाद साह बारे अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालक साहसंग सवारी चालक अनुमतिपत्र सहितका कागजपत्र नरहेको र मापसे गरेको अवस्थामा दुर्घटना भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/08/19 बस र ट्रक ठोक्किदा एकको मृत्यु, ११ जना घाइते
- 2082/08/19 २८ बुँदे माग राख्दै जसपा नेपालद्वारा धर्ना
- 2082/08/19 दौनी गर्न राखिएको धानमा आगलागि हुँदा एक लाख भन्दा बढीको क्षति
- 2082/08/19 मधेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त
- 2082/08/19 मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा
- 2082/08/19 स्वास्थ्य स्वयम्सेविकाहरु सम्मानित
- 2082/08/19 निःशुल्क आँखा शिविरबाट ७ सय ५७ जनाले लिए सेवा
- 2082/08/18 खेतमा काटेको धान रुग्न बसेका बृद्धको हात्तीको आक्रमणबाट मृत्यु, हात्तीको आक्रमणमा ८ वर्षमा एक दर्जन बढीको मृत्यु
- 2082/08/18 अर्ना मारेको अभियोगमा दुई युवक पक्राउ
- 2082/08/17 पत्रकारितामा एआईको प्रयोग र यसबाट हुने फायदा तथा जोखिम बारे जानकारी
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ